अन्तर्राष्ट्रिय

पाँच महिना पछि आईपीएल आजबाट सुचारु हुँदै

Published

on

कोरोनाका कारण बिचमा नै स्थगित भएको १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) पाँच महिना पछि पुन सुचारु हुन लागेको छ । बैशाखमा रोकिएको आईपीएल फर्कदा साबिक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्दै छन् । 

यस अघि बैशाख २४ मा भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले सबै फ्रेन्चाइजसँगको सल्लाह पछि यस सिजनको बाँकी खेल हालका लागि स्थगित गर्ने निर्णय लिएको थियो ।

भारतमा कोरोनाको संक्रमण दरमा वृद्धि भएसँगै फ्रेन्चाइज टोलीका सदस्यहरुमा पनि कोरोना संक्रमण भए पछि २९ खेल पछि बाँकी खेलहरु स्थगित गरिएको थियो । कोलकाता नाइट राईडर्सका दुई जना खेलाडीमा संक्रमण देखिए पछि रोयल च्यालेन्जर्स बेंगलोर विरुद्धको खेल पनि स्थगित गरिएको थियो भने त्यस लगत्तै बाँकी खेल पनि स्थगित गर्ने निर्णय बिसीसीआईले लिएको थियो । 

दिल्ली क्यापिटल्सका अमित मिश्रा, सनराईजर्स हैदराबादका रिद्दीमन शाह, चेन्नाई सुपर किंग्सका बलिङ प्रशिक्षक लक्ष्मीपती बालाजी तथा अन्य सपोर्ट स्टाफमा पनि कोरोना संक्रमण भए पछि प्रतियोगिता स्थगित भएको थियो । 

भारतमा कोरोना संक्रमण दरमा अहिले पनि कमी नआए पछि बिसीसीआईले बाँकी खेलहरु युएईमा आयोजना हुँदैछन् ।

यस सिजन दिल्ली अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । आठ खेल खेलेको दिल्लीको १२ अंक रहेको छ भने दोश्रो स्थानमा रहेको चेन्नाईको सात खेलमा १० अंक रहेको छ ।    

Click to comment

Trending