राष्ट्रिय

ओमान भ्रमणमा सुखद अन्त्यको आशामा नेपाल 

Published

on

ओमान भ्रमणमा रहेको नेपालले आफ्नो अन्तिम एकदिवसीय खेलमा घरेलु टोलीको सामना गर्दैछ । विश्वकप लिग टु अन्तर्गतको ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेपाल घरेलु टोलीलाई पराजित गर्दै सुखद अन्त्य गर्ने आशामा रहेको छ ।  

यस शृंखलाको पहिलो खेलमा अमेरिका माथि पाँच विकेटको सहज जित निकालेको नेपाल दोश्रो खेलमा ओमानसँग पाँच विकेटले नै पराजित हुन पुगेको थियो । त्यस्तै अमेरिकासँग एकदिवसीयमा पहिलो पटक हारको सामना गरेको नेपालले छ विकेटको हार चाख्न बाध्य भएको थियो ।

नेपालले लिग टु मा यस अघि ओमानसँग खेलेका तीन खेलमा नै हार व्यहोरेको थियो । नेपाली टोली ओमान विरुद्ध पहिलो जितको खोजीमा छ भने नेपालको लागि अन्तिम खेलमा प्रशिक्षण गर्न लागेको प्रशिक्षक डेव ह्वाटमोरलाई पनि सुखद बिदाई दिन चाहन्छ ।

नेपालले आज आफ्नो सुरुवाती ११ मा पनि धेरै परिवर्तन गर्ने सम्भावना रहेको छ । आजको खेलमा शरद भेषावाकर, आरिफ शेख र बिक्रम सोबले सुरुवाती ११ मौका पाउने प्रबल सम्भावना रहेको छ ।     

लिग टु मा सात खेल खेलेको नेपालले तीनमा जित हात पार्दा बाँकी चार खेलमा हारको सामना गर्न पुगेको छ । छ अंक रहेको नेपाल अंक तालिकाको छैटौँ स्थानमा रहेको छ भने पपुवा न्यु गिनी सातौँ स्थानमा रहेको छ । 

  

 

Click to comment

Trending