Headline

अमेरिकाबिरुद्ध नेपालको फितलो ब्याटिङ्ग

Published

on

कप्तान ज्ञानेन्द्र मल्लले करिअरको तेश्रो एकदिवसीय अन्तर्राष्ट्रिय अद्र्धशतक प्रहार गरेपनि नेपालले आईसिसि क्रिकेट बिश्वकप लिग टु त्रिकोणात्मक श्रृंखला अन्तर्गत अमेरिकाबिरुद्धको खेलमा फितलो ब्याटिङ्ग गरेको छ ।

अल अमिरतमा टस हारी पहिलो ब्याटिङ्ग गरेको नेपाल लगातार दोश्रो खेलमा ५० ओभर टिक्न सकेन । यसअघिको खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन मात्रै बनाउन सक्यो ।

करिमा गोरेले शुरुवाती तीन विकेटमै आफ्नो भुमिका खेलेपछि नेपालले सोचे अनुरुपको शुरुवात पाउन सकेन । गाोरेले काइल फिलिपको बलमा आसिफ शेखको टप एजेलाई उत्कृष्ट ढँगले समाते भने दोश्रो विकेटका लागि भएको अद्र्धशतकीय साझेदारी पनि तोडे ।

यस क्रममा उनले राम्रो लयमा देखिएका कुशल भुर्तेललाई बोल्ड गरेका थिए । कुशलले ४३ बलमा ३६ रन बनाउदा पाँच चौका र एक छक्का प्रहार गरे । लगत्तै गोरेले फर्ममा रहेका रोहित कुमार पौडेललाई एल्मोर हचिन्सनको बलमा डाइभ हान्दै पोइन्टमा उत्कृष्ट क्याच लिएका थिए ।

ज्ञानेन्द्र र बिनोद भण्डारी (१०) बीचको साझेदारी पनि लामो समय टिक्न नसक्दा प्रशिक्षक डेभ ह्वाटमोरले डेब्युटेन्ट गुल्शन झालाई पाँच नम्बरमा पठाउदै अचम्ममा पारे । तर गुल्शनले ज्ञानेन्द्रसँग ५१ रनको साझेदारी गरे ।

५३ बलको सामना गरेका गुल्शनले दुई चौका र एक छक्काको मद्दतमा २८ रन बनाए । कुशल मल्ल –शुन्य) र सोमपाल कामी (२) दुवैले खराब शट रोज्दै फेरि एकपटक निराश बनाए । ज्ञानेन्द्रले १ सय १ बलमा आफ्नो अद्र्धशतक पुरा गरे भने ४६ औं ओभरमा फिलिपको बलमा पेभिलियन फर्किए ।

अमेरिकाका लागि तिब्र गतिका बलरहरुले ८ विकेट लिँदा कप्तान सौरभ नेत्रभाल्करले ४ र फिलिपले दुई विकेट हात पारे ।

Click to comment

Trending