अन्तर्राष्ट्रिय

अमेरिका विरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै, गुल्शनको डेब्यु  

Published

on

विश्वकप लिग टु अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । आजको खेलमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

आजको खेलमा नेपालले एक मात्र परिवर्तन गरेको छ । नेपालले आज तिब्र गतिका बलर बिक्रम सोबको स्थानमा अर्का तिब्र गतिका बलर गुल्शन झालाई खेलाउने भएको छ । गुल्शनको आज नेपालको लागि डेब्यु खेल हो ।

यस अघि सम्पन्न अमेरिकासँगको पहिलो खेलमा नेपालले पाँच विकेटको सहज जित हात पारेको थियो ।

नेपाली टोली – ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दिप लामिछाने, सोमपाल कामी, रोहित कुमार पौडेल, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सुशन भारी, गुल्शन झा

 

 

Click to comment

Trending