Headline

च्याम्पियन्स लिग गोल गरेको केही छिनमै बुवा गुमाउदा

Published

on

डच खेलाडी नेथन एकेले म्यानचेस्टर सिटीका लागि च्याम्पियन्स लिगको पहिलो खेलमा बुधबार आरबी लाइपजिगबिरुद्ध गोल गरेको केही क्षणमै आफूले बुवा गुमाएको खुलासा गरेका छन् ।

एकेले शुरुवाती गोल गरेको खेलमा सिटी घरेलु मैदान इतिहाद स्टेडियममा जर्मन टोली लाइपजिगमाथि ६–३ को सनसनीपूर्ण जित निकालेको थियो । २६ बर्षिय एकेले आफ्नो पहिलो च्याम्पिन्स लिग गोलको खुशियाली उनको बुवाको मृत्युको खबरले लामो समय मनाउन पाएनन् ।

एकेका बुवा मोइजे दिर्घरोगले लामो समयदेखि थलिएका थिए । “पछिल्लो केही साताहरु मेरो जीवनको सबैभन्दा कठिन थियो । मेरो बुवा निकै बिरामी हुनुहुन्थ्यो र उपचार पनि गर्न नसकिने स्थितिमा पुगिसक्नु भएको थियो,” एकेले आफ्नो इस्टाग्राममा लेखेका छन् ।

“गाह्रो समयपछि मैले हिजो च्याम्पियन्स लिगमा आफ्नो पहिलो गोल गरे र त्यसको केही क्षणमै मेरो बुवा बित्नुभयो । मेरो आमा र भाइ उनीसँगै भएको कारण उनको मृत्यु सहज बन्यो,” भावुक एकेले भनेका छन् ।

Click to comment

Trending