Headline

सन्दिपलाई ठिक छ

Published

on

ओमानबिरुद्धको खेलमा घाइते हुँदै एक ओभर पनि नगरेका स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने दुई दिनपछि अमेरिकाबिरुद्ध हुने खेलको लागि उपस्थित हुने भएका छन् ।

मंगलवार दोश्रो इनिङ्गसको शुरुवातमै सन्दिपलाई पेटमा समस्या देखिएको थियो । बलिङ्ग गर्न नसक्ने भएपछि उनी मैदानबाट बाहिरिदा आरिफ शेखले ओमानको इनिङ्गसमा उनको स्थानमा फिल्डिँग गरेका थिए । मैदानमै उपस्थित डाक्टरले प्रारम्भिक उपचार गर्दा सन्दिपलाई डिहाइड्रेसन (गर्मि) का कारण पेटमा क्र्याम्प भएको सन्दिपले नै क्रिकेटिँगनेपाललाई जानकारी दिए ।

ओमानबिरुद्ध बलिङ्ग गर्न पुन मैदानमा नआए पनि उनी अर्को खेलको लागि भने उपस्थित हुनेछन् । नेपालले शुक्रबार अमेरिकाबिरुद्ध खेल्दैछ ।

मंगलवार जतिन्दर सिँहले आक्रमक शतक पुरा गरेपछि नेपालले ओमानसँग ५ विकेटका हार व्यहोर्यो । १ सय ९७ रनको लक्ष्य ओमानले ३१ दशमलव १ ओभरमै पुरा गरेको हो ।

नेपालले आफ्नो पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । नेपालले लिग टुको तीन वटा खेलमा अमेरिकालाई हराएको छ भने तीनवटै खेलमा ओमानसँग हारको सामना गरेको छ ।

Click to comment

Trending