Headline

जतिन्दरको किर्तिमानी शतकपछि नेपालले चाख्यो बिर्सनलायक हार

Published

on

ओपनर जतिन्दर सिँहले आक्रमक ब्याटिङ्ग गर्दै ६० बलमै शतक प्रहार गरेपछि नेपालले ओमानसँग आईसिसि क्रिकेट बिश्वकप लिग टुको त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोश्रो खेलमा बिर्सनलायक हार व्यहोरेको छ ।

आसिफले शेखले करिअरकै उच्च योगफल बनाएपनि टस जिती पहिलो ब्याटिङ्ग गरेको नेपाल ४७ दशमलव ४ ओभरमा १ सय ९६ रनमा अल आउट हुन पुग्यो । आसिफले ९० रन बनाएका थिए ।

जवाफमा जतिन्दरले नेपाललाई एकदिवसीय क्रिकेटमा बिर्सनलायक हार चखाए । शुरुवातदेखि नै निकै आक्रमक ब्याटिङ्ग गरेका जतिन्दरले एशोसिएट क्रिकेटको दोश्रो तिब्र गतिको एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाएका हुन् ।

नेपाली स्पिनरहरुले रनगतिलाई केही रोक्न सफल भएपनि ओमानले ३१ दशमलव १ ओभरमै पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

लिग टुको अंक तालिकामा ओमान ११ खेलपछि १८ अंकसहित शिर्ष स्थानमा कायमै रहेको छ । ओमानसँग तीनवटै खेलमा पराजय व्यहोरेको नेपाल ६ खेलबाट ६ अंक सहित छैटौं स्थानमा छ ।जतिन्दरले सोमपाल कामीलाई एकै ओभरमा तीन छक्का र तीन चौका सहित ३० रन ठोकेका थिए । यस्तै उनले करण केसीलाई पनि एकै ओभरमा तीन चौका र एक छक्का सहित २० रन प्रहार गरेका थिए ।

९९ मा हुदा कुशल मल्ललाई लगातार दुई चौका प्रहार गरेका जतिन्दरलाई रोहित कुमार पौडेलले उत्कृष्ट ढँगले बाउन्डरीमा क्याच आउट गरेका थिए । छक्काका लागि जाँदै गरेको बललाई रोहितले एक हातले समाते र आफू बाउण्डरी रोप नाघ्नु अघि बल भित्र फाल्दै दर्शनीय क्याच गरेका थिए ।

जतिन्दरले ६२ बलमा १२ चौका र ६ छक्काको मद्दतमा १ सय ७ रन बनाए । उनी आउट हुँदा ओमानलाई अन्तिम २४ ओभरमा मात्र ३४ रनको आवश्यकता रहेको थियो । ओमानका लागि जतिन्दर बाहेक मोहम्मद नदिमले ६५ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतमा नटआउट ३८ रन बनाए ।

नेपालका लागि कुशल मल्ल र करणले दुई–दुई विकेट लिए ।

यसअघि अल अमिरत क्रिकेट मैदानमा नेपाल ५० ओभर पनि टिक्न असफल रह्यो । आसिफ शेखले ९० रनको पारी खेलेपछि नेपाल दुई सय रनको नजिक पुगेको थियो । नेपाल १४ बल बाकी रहदा अल आउट हुन पुगेको थियो ।

सोमबारको खेलमा अमेरिकाबिरुद्ध ८४ रनको शान्दार पारी खेलेका कुशल भुर्तेललाई नेपालले दिनको दोश्रो बलमै गुमाएको थियो । त्यसपछि आसिफले दोश्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग ५८ रनको साझेदारी गरे ।

ज्ञानेन्द्र आउट भएपछि आसिफले फर्ममा रहेका रोहित कुमार पौडेलेसँग अर्को ४२ रन जोडेका थिए । तर ओमानले त्यसपछि ५६ रनको अन्तरमा आसिफको समेत गरेर ६ विकेट लिएपछि नेपाल नाजुक अवस्थामा पुगेको थियो ।

सन्दिप लामिछाने (१६) र करण केसीले नेपालको रनलाई केही माथि पुर्याएका थिए । आसिफबाहेक करण र ज्ञानेन्द्रको नाममा दोश्रो सर्वाधिक २१ रन रह्यो भने रोहितले २० रन बनाए ।

ओमानका लागि तिब्र गतिका बलर बिलाल खानले १० ओभरमा ४७ रन खर्चदै चार विकेट लिए । उनले कुशल, आसिफ, कुशल मल्ल र बिक्रम सोबको महत्वपूर्ण विकेट लिदै नेपाललाई रोकेका थिए ।

आसिफले १ सय १२ बलको सामना गर्दै सात चौका र एक चौकाको मद्दतमा ९० रन बनाए । मात्र १० रनले शतक बनाउन चुकेका आसिफ पुर्व कप्तान पारस खड्कापछि नेपालका लागि सर्वाधिक एकदिवसीय अन्तर्राष्ट्रिय रन जोड्ने खेलाडी बने ।

Click to comment

Trending