Headline

ओमानबिरुद्ध नेपालको सामान्य योगफलमा आसिफको करिअरकै उच्च प्रदर्शन

Published

on

आसिफ शेखले आफ्नो करिअरकै उच्च प्रदर्शन गरेपनि नेपालले आईसिसि क्रिकेट बिश्वकप लिग टुको त्रिकोणात्मक श्रृंखला अन्तर्गतको दोश्रो खेलमा ओमानबिरुद्ध १ सय ९६ रनको सामान्य स्कोर बनाएको छ ।

अल अमिरत क्रिकेट मैदानमा नेपाल ५० ओभर पनि टिक्न असफल रह्यो । आसिफ शेखले ९० रनको पारी खेलेपछि नेपाल दुई सय रनको नजिक पुगेको हो । नेपाल १४ बल बाकी रहदा अल आउट हुन पुगेको थियो ।

सोमबारको खेलमा अमेरिकाबिरुद्ध ८४ रनको शान्दार पारी खेलेका कुशल भुर्तेललाई नेपालले दिनको दोश्रो बलमै गुमाएको थियो । त्यसपछि आसिफले दोश्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग ५८ रनको साझेदारी गरे ।

ज्ञानेन्द्र आउट भएपछि आसिफले फर्ममा रहेका रोहित कुमार पौडेलेसँग अर्को ४२ रन जोडेका थिए । तर ओमानले त्यसपछि ५६ रनको अन्तरमा आसिफ सहित ६ विकेट लिएपछि नेपाल नाजुक अवस्थामा पुगेको थियो ।

सन्दिप लामिछाने (१६) र करण केसीले नेपालको रनलाई केही माथि पुर्याएका थिए । आसिफबाहेक करण र ज्ञानेन्द्रको नाममा दोश्रो सर्वाधिक २१ रन रह्यो भने रोहितले २० रन बनाए ।

ओमानका लागि तिब्र गतिका बलर बिलाल खानले १० ओभरमा ४७ रन खर्चदै चार विकेट लिए । उनले कुशल, आसिफ, कुशल मल्ल र बिक्रम सोबको महत्वपूर्ण विकेट लिदै नेपाललाई रोकेका थिए ।

आसिफले १ सय १२ बलको सामना गर्दै सात चौका र एक चौकाको मद्दतमा ९० रन बनाए । मात्र १० रनले शतक बनाउन चुकेका आसिफ पुर्व कप्तान पारस खड्कापछि नेपालका लागि सर्वाधिक एकदिवसीय अन्तर्राष्ट्रिय रन जोडेने खेलाडी बने ।

यस क्रममा आसिफले रोहितले पपुवा न्यु गिनीबिरुद्धको ८६ रनको स्कोरलाई पछि छोडेका थिए ।

Click to comment

Trending