राष्ट्रिय

ओमान विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

Published

on

विश्वकप लिग टु अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । ओमान विरुद्धको आजको खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा पनि नेपालले कुनै पनि परिवर्तन गरेको छैन । यस अघि पपुवा न्यु गिनी विरुद्धको दोश्रो खेल तथा हिजो सम्पन्न अमेरिका विरुद्धको टोलीलाई नै आज पनि निरन्तरता दिएको हो ।

विश्वकप लिग टु अन्तर्गत यस अघि नेपालमा नै भएको पहिलो शृंखलामा नेपाल ओमानसँग दुबै खेलमा पराजित भएको थियो ।

नेपाली टोली – ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दिप लामिछाने, सोमपाल कामी, बिक्रम सोब, रोहित कुमार पौडेल, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सुशन भारी

Click to comment

Trending