Headline

नेपालको जितमा फेरि पनि रोहितको उत्कृष्ट इनिङ्गस, कुशल भुर्तेलले खेले आकर्षक पारी

Published

on

रोहित कुमार पौडेलले लगातार अर्को महत्वपूर्ण इनिङ्गस खेलेपछि नेपालले अमेरिकालाई आईसिसि क्रिकेट बिश्वकप लिग टुको दोश्रो त्रिकोणात्मक श्रृंखलामा ५ विकेटले पराजित गर्दै शान्दार शुरुवात गरेको छ ।

मस्क्याटको अल अमिरत क्रिकेट मैदानमा कुशल भुर्तेलको आकर्षक ब्याटिङ्ग र रोहित लगातार दोश्रो एकदिवसीय अन्तर्राष्ट्रि अद्र्धशतक प्रहार गर्ने एक मात्र नेपाली खेलाडी बन्दा नेपालले अमेरिकामाथि लिग टुमा तेश्रो जित हात पारेको हो ।

जितका लागि २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा पांच विकेटको क्षतिमा भेट्टाएको थियो । लिग टु को आफ्नो पहिलो श्रृंखलामा नेपाललले दुवै पटक अमेरिकालाई त्रिवि क्रिकेट मैदानमा हराएको थियो ।

कुशल भुर्तेलको प्रदर्शनसँगै रोहितको इनिङ्गस र बिनोद भण्डारीको फिनिसिँग नेपालको लागि निकै महत्वपूर्ण रह्यो । नेपाल ३४ औं ओ्भरमा १ सय ४५ रन बनाउदा चार विकेट गुमाउदै कमजोर स्थितिमा पुगेको थियो ।

तर रोहित र भण्डारीले पाचौं विकेटका लागि ८३ रनको साझेदारी गरे । यसअघिको खेलमा पपुवा न्यु गिनीबिरुद्ध ८६ रन जोडेका रोहितले अर्को संयमित इनिङ्गस खेल्दै ८७ बलमा नटआउट ६२ रन बनाए । उनले तीन छक्का र दुई चौका प्रहार गरे ।

जितका लागि मात्रै तीन रनको आवश्यकता रहेको स्थितिमा भण्डारी ४८ बलमा ३७ रन बनाउदै आउट भए । उनले दुई चौका र एक छक्का प्रहार गरे ।

कुशल र आशिफ शेखले नेपाललाई चाहे अनुरुपको शुरुवात दिलाउदै पहिलो विकेटका लागि ६६ रनको किर्तिमानी साझेदारी गरे । आशिफले ४२ बलमा २३ रन बनाए ।

सुस्त शुरुवात गरेका उनीहरुले यसअघि कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले २०१९ मा युएईबिरुद्ध बनाएको ६१ रनको साझेदारी तोडेका हुन् ।

नेपालले ज्ञानेन्द्र (१७) लाई सस्तैमा गुमाएपनि कुशलले रोहितसँग ५१ रनको अर्को साझेदारी गरे । आफ्नो करिअरको पहिलो शतक नजिक पुगेका कुशल निशर्ग पटेलको एलबिडब्बलु धरापमा परे ।

९४ बलको सामना गरेका कुशलले तीन छक्का र तीन चौकाको मद्दतमा ८४ रनको इनिङ्गस खेले । कुशल मल्ल पनि एक रनमै पेभिलियन फर्किएपछि रोहितले भण्डारीसँग ठोस साझेदारी गर्दै नेपालको जित सुनिश्चित गरेका थिए ।

अमेरिकाले मोनांक पटेलको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतकको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो । पटेल १ सय रनमै आउट भएका थिए ।

नेपालका लागि बिक्रम सोब, सन्दिप लामिछाने र सुशन भारी श्रेष्ठले २–२ विकेट हात पारे ।

Click to comment

Trending