Headline

कुशल र आशिफले बनाए अर्को नयाँ किर्तिमान

Published

on

नेपाली ओपनिंग जोडी आरिफ शेख र कुशल भुर्तेलले अर्को किर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

आईसिसि क्रिकेट बिश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक श्रृंखलको पहिलो खेलमा कुशल र आसिफले पहिलो विकेटका लागि नयाँ किर्तिमानी साझेदारी निभाइसकेका छन् । कुशल र आसिफले अमेरिकाबिरुद्धको खेलमा २ सय ३१ रनको लक्ष्य पछयाउदै गर्दा ६६ रनको नयाँ किर्तिमानी साझेदारी गरे ।

आसिफ ४२ बलमा २३ रन जोड्दै नस्थुस केन्जिगेको बलमा आउट भए । कुशलले ४२ बलमा दुई चौका र एक छक्काको मद्दतमा ३९ रन बनाएर खेलिरहेका छन् ।

उनीहरुले यसअघि कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले २०१९ युएईबिरुद्ध बनाएको ६१ रनको साझेदारी तोडेका हुन् ।

सुस्त शुरुवात गरेपछि आसिफ र कुशलले नेपाललाई सम्हाल्दै आएका छन् । अमेरिकाले मोनांक पटेलको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतकको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

Click to comment

Trending