Headline

पटेलको शतकपछि नेपालले अमेरिकाबाट पायो २ सय ३१ रनको लक्ष्य

Published

on

मोनांक पटेलले करिअरको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक पुरा गरेपछि आईसिसि क्रिकेट बिश्वकप लिग टु को त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपाललाई अमेरिकाले २ सय ३१ रनको लक्ष्य दिएको छ ।

मस्क्याटको अल अमिरत क्रिकेट ग्राउण्डमा टस जिति पहिलो ब्याटिङ्ग गरेको अमेरिकाले पटेलको शतकको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ३० रन बनायो ।

पटेल अमेरिकाको लागि एकदिवसीय अन्तर्राष्ट्रिय शतक पुरा गर्ने दोश्रो ब्याट्स्म्यान पनि बने । केही दिन अघि पपुवा न्यु गिनीबिरुद्ध जसकरण मलहोत्राले अमेरिकी एकदिवसीय क्रिकेट इतिहासको पहिलो शतक बनाएका थिए । भाग्यको पनि साथ पाएका पटेललाई आशिफ शेखले सोमपाल कामीको बलिंगमा ८९ रनमा रहेको अवस्थामा लंग अफमा ड्रप गरेका थिए ।

१ सय १४ बलको सामना गरेका पटेलले ९ चौका र एक छक्का प्रहार गरे । पटेलबाहेक अन्य कुनै पनि अमेरिकी ब्याट्स्म्यानहरुले शुरुवात पाएपनि ठूलो स्कोरमा परिणत गर्न असफल रहेका थिए ।

निसर्ग पटेलले २१ रन बनाए भने सुशान्त मोदनी र करिमा गोरेले समान १६ रन जोडेका थिए । नेपालका लागि बिक्रम सोब, सन्दिप लामिछाने र सुशन भारी श्रेष्ठले २–२ विकेट हात पारे ।

Click to comment

Trending