राष्ट्रिय

अमेरिका विरुद्ध नेपाल पहिले बलिङ गर्दै

Published

on

विश्वकप लिग टु अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । आजको खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

आजको खेलमा नेपालले कुनै पनि परिवर्तन गरेको छैन । पपुवा न्यु गिनी विरुद्धको दोश्रो खेलको टोलीलाई नै आज पनि निरन्तरता दिएको छ ।

विश्वकप लिग टु अन्तर्गत नेपालले आज दोश्रो शृंखला खेल्न लागेको हो । यस अघि नेपालमा नै भएको पहिलो शृंखलामा नेपाल ओमानसँग दुबै खेलमा पराजित हुँदा अमेरिकालाई दुई खेलमा नै पराजित गरेको थियो ।

यस अघि ओमान भ्रमणमा नेपालले दुई एकदिवसीय खेल खेलेको थियो जसमा दुबै खेल जित्द्दै नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रने छ । अघिल्लो पटक नेपालले अमेरिकालाई आफ्नो घरेलु मैदानमा मात्र ३५ रनमा रोक्दै विश्व किर्तिमान कामय गर्न सफल भएको थियो । 

नेपाली टोली – ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दिप लामिछाने, सोमपाल कामी, बिक्रम सोब, रोहित कुमार पौडेल, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सुशन भारी


 

 

Click to comment

Trending