अन्तर्राष्ट्रिय

भारतीय टोलीको कप्तानी छाड्दै बिराट कोहली 

Published

on

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले कप्तानी छाड्ने भएका छन् । 

अक्टोबर – नोभेम्बरमा युएईमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप पछि कोहलीले कप्तानी छाड्न लागेका हुन् । उनले विशेष गरि सेतो क्रिकेट (एकदिवसीय र ट्वान्टी ट्वान्टी) को कप्तानी उपकप्तान रोहित शर्मालाई छाड्ने मनस्थिति बनाएको भारती सञ्चारमाध्यमले जनाएका छन् ।

कोहलीलाई पछिल्लो समय खराब फर्मबाट गुज्रेकाले पनि कप्तानी छाड्दै ब्याटिङमा ध्यान दिने मनस्थितिमा पुगेका हुन् । कोहलीको कप्तानीलाई लिएर निकै नै आलोचना भएको तथा कप्तानीले उनलाई अतिरिक्त दबाब हुन थालेको उनको बुझाई रहेको छ ।

‘कोहली आफैले यस विषयमा चाँडै नै घोषणा गर्नेछन् । उनी अब कप्तानी छाड्दै आफ्नो ब्याटिङमा ध्यान दिन चाहन्छन् र उनी विश्वको उत्कृष्ट ब्याट्सम्यान हुन् र यही बन्न चाहन्छन्,’ भारतीय सञ्चारमाध्यमले लेखेका छन् । 

कोहली भारती टोलीसँग सन् २०२२ र सन् २०२३ को ट्वान्टी ट्वान्टी र एकदिवसीय विश्वकप जित्न चाहन्छन् । त्यसकालाई उनको ब्याटिङ र फर्म निकै महत्वपूर्ण हुनेछ । त्यसैका लागि पनि उनी आफ्नो प्राथमिकता कप्तानी भन्दा पनि ब्याटिङ रहेकोमा पुगेका हुन् । एकदिवसीय र ट्वान्टी ट्वान्टी बाहेक परेको खण्डमा उनी टेस्टको पनि कप्तानी छाड्ने सुरमा पनि पुगेका हुन् । 

कोहलीले सन् २०१४ मा टेस्ट र सन् २०१७ मा महेन्द्र सिंह धोनीले कप्तानी छाडे पछि भारतीय टोलीको कप्तान नियुक्त भएका थिए । कप्तान र ब्याट्सम्यानका रुपमा राम्रो सफलता हात पारेको भए पनि कोहलीले आईसीसीको कुनै प्रतियोगिता कप्तानका रुपमा जित्न भने सकेका छैनन् ।

     

 

 

Click to comment

Trending