राष्ट्रिय

दिपेन्द्रले अमेरिका र ओमान विरुद्धको त्रिकोणात्मक शृंखला गुमाउने, ईपीएल पनि शंकाको घेरामा

Published

on

नेपाली राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीले सोमबारबाट सुरु हुने विश्वकप लिग टु अन्तर्गत अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखला गुमाउने भएका छन् । 

गत आइतबार अभ्यासका क्रममा गोलिगाँठाको चोट बोकेका दिपेन्द्रले पुरै शृंखला गुमाउने भएका हुन् । उनले यसै चोटका कारण पपुवा न्यु गिनी विरुद्धको दुई खेलको शृंखला पनि गुमाएका थिए ।

दोश्रो एकदिवसीय अघि दिपेन्द्रको एमआरआई गरिएको थियो । उनको एमआरआई रिपोर्ट अनुसार उनको दायाँ गोलिगाँठाको मम्शापेसी च्यातिएका कारण उनले त्रिकोणात्मक शृंखला खेल्न नसक्ने पक्का भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले जनाए अनुसार दिपेन्द्रले कम्तिमा १५ दिन बिश्राम लिन पर्नेछ भने यसै अवधीमा थेरापी पनि गर्न पर्ने हुन्छ । चोटका कारण नै असोज नौ गतेबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (आईपीएल) पनि शंकाको घेरामा परेको छ । उनी समयमा नै ठिक भए भने पनि ईपीएलका सुरुवाती खेल गुमाउने निश्चित छ ।

यसै शृंखला अघि पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका कारण नेपाली टोलीलाई मध्यक्रममा दिपेन्द्रको कमी खस्किने छ ।   

पपुवा न्यु गिनी विरुद्धको दुई एकदिवसीय शृंखला दिपेन्द्रले गुमाए पछि उनले खेल्ने चौथो नम्बरमा पहिलो एकदिवसीयमा आरिफ शेखले तथा दोश्रोमा रोहित कुमार पौडेलले ब्याटिङ गरेका थिए । आरिफ नौ रन बनाएर आउट भएका थिए भने दोश्रो खेलमा नौ रनको अवस्थामा दुई विकेट गुमाएर खराब सुरुवात गरेको नेपालको लागि रोहितले उत्कृष्ट ८६ रनको पारी खेल्दै २३३ रनको स्कोर सम्म पुर्याउन ठुलो योगदान दिएका थिए ।   

 

Click to comment

Trending