Headline

रोनाल्डोको युनाइटेड पुनरागमनमै दुई गोल

Published

on

पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोले इंगलिस प्रिमियर लिग र म्याचेस्टर युनाइटेडको पनरागमनमै दुई गोल गरेका छन् ।

शनिबारको खेलमा पुर्व युभेन्टस र रियल म्याड्रिड स्टारको प्रदर्शनको मद्दतमा म्यानचेस्टर युनाइटेडको प्रदर्शनपछि न्युकासल युनाइटेड ४–१ को फराकिलो अन्तरले पराजित भयो ।

युनाइटेड छोडेको १२ बर्षपछि रोनाल्डोलाई पुर्व क्लबको लागि गोल गर्न ४७ मिनेट लाग्यो । ३६ बर्षिय रोनाल्डोले खेल शुरु भएको एक घण्टापछि नै दोश्रो गोल गरे । न्युकासलका हाभियर मनकिलोले बराबरी गरेपछि रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाएका थिए ।

अर्का पोर्चुगिज स्टार ब्रुनो फर्नान्डेजले उत्कृष्ट गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए र जेसी लिंगार्डले जितलाई अझै फराकिलो बनाएका थिए ।यसअघिको खेलमा टोटेन्ह्याम हट्स्पर क्रिष्टल प्योलससँग ३–० को फराकिलो अन्तरले स्तब्ध भयो । आर्सनलले नर्विचलाई १–० ले हरायो भने म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १–० ले पराजित गर्यो ।

प्रिमियर लिगमा शुरुवाती चार खेलपछि युनाइटेड १० अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । सिटी, ब्राइटन र स्पर्सको समान ९ अंक रहेको छ ।

Click to comment

Trending