Headline

रोहितको म्याराथन इनिङ्गस र करणको आक्रमक ब्याटिङ्गमा नेपालको चुनौतिपूर्ण योगफल

Published

on

रोहित कुमार पौडेलको म्याराथन इनिङ्गस र करण केसीको आक्रमक ब्याटिङ्गपछि नेपालले दोश्रो एकदिवसीयमा पपुवन न्युगिनीलाई २ सय ३४ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

मस्क्याटमा कमजोर शुरुवात गरेको नेपाललाई रोहितले नै सम्हालेका थिए । नेपालले ४९ दशमलव ३ ओभरमा २ सय ३३ रन बनायो ।

ओपनर कुशल भुर्तेल र आसिफ शेख समान तीन रनमा आउट हुँदा नेपालको जम्मा ९ रन थियो । त्यसपछि रोहित र कप्तान ज्ञानेन्द्र मल्लले नेपाललाई सम्हालेका थिए । रोहितले तेश्रो विकेटका लागि ज्ञानेन्द्रसँग ८९ रनको साझेदारी गरेका थिए ।

यो नेपालको एकदिवसीय इतिहासमा कुनै पनि विकेटका लागि अहिलेसम्मकै ठूलो साझेदारी हो ।

ज्ञानेन्द्रले ७० बलमा ४५ रन बनाए । उनको इनिङ्गसमा तीन चौका र दुई छक्का सामेल थियो । त्यसपछि रोहितले बिनोद भण्डारी (१७) सँग ४१ रन जोडेका थिए ।

कुशल मल्ल (एक) र सोमपाल कामी (११) लामो समय टिक्न नसकेपनि रोहित र करण केसीले ६६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । निकै आक्रमक ब्याटिंग गरेका करणले २६ बलमा ४२ रन बनाए । उनको इनिङ्गसमा चार छक्का र दुई चौका रहेको थियो ।

नेपालले दुवै ब्याट्स्म्यानलाई दुई बलको अन्तरमा गुमाएको थियो । उसले अन्तिम चार विकेट मात्र एक रनको अन्तरमा गुमाएको थियो ।

रोहितले १ सय २३ बलमा ८६ रन बनाए । तीन छक्का र दुई चौका प्रहार गरेका रोहित पुर्व कप्तान पारस खड्कापछि सबैभन्दा बढी रन जोड्ने ब्याट्स्म्यान बने । पारसले युएईबिरुद्ध १ सय १५ रन बनाएका थिए ।

पपुवा न्यु गिनीका लागि चाड सोपरले तीन विकेट लिए भने नर्मन भनुवा र काबुवा मोरेआले २–२ विकेट हात पारे ।

Click to comment

Trending