Headline

‘म छुट्टी मनाउन युनाइटेड आएको होइन’

Published

on

पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोले आफू म्यानचेस्टर युनाइटेड छुट्टी मनाउनका लागि नफर्किएको बताएका छन् ।

ओल्ड ट्राफोर्डमा शनिबार फर्कने तैयारी गर्दै गर्दा रोनाल्डोले युनाइटेडका लागि २ सय ९३ औं खेल खेल्ने छन् । युनाइटेडको लागि रोनाल्डोले पहिलो स्पेलमा १ सय १८ गोल गरेका थिए ।

“म सक्षम छु र मैदानमा उत्रनका लागि तैयार छु,” शनिबारको न्युकासलबिरुद्धको खेल अघि रोनाल्डोले क्लबको आधिकारिक वेबसाइटलाई भने ।

इटालियन क्लब युभेन्टसबाट १२ दशमलव ८ मिलियन पाउण्डमा रोनाल्डो युनाइटेड फर्कनु प्रिमियर लिगमा यो सिजनको सबैभन्दा ठूलो कथा मध्ये एक बनेको थियो । रोनाल्डोको पुनरागमनपछि आफ्नो शहरी प्रतिद्वन्दी म्यानचेस्टर सिटीसँगै युनाइटेड प्रिमियर लिगको प्रबल दाबेदारको रुपमा खडा भएको छ ।

एक पटक फेरि युनाइटेडको जर्सी नम्बर ७ मा सजिन गइरहेका रोनाल्डो सर एलेक्स फर्गुसन व्यवस्थापक रहँदा तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप, एक एफए कप, फिफा क्लब बिश्वकप र कम्युनिटी शिल्डको उपाधि जितेका थिए ।

रोनाल्डो २००९ मा स्पेनिस महारथी रियल म्याड्रिडसँग आबद्ध भएपनि पनि उपाधि जित्न सफल रहेको थियो । तर २०१२–१३ यता युनाइटेडले प्रिमियर लिगको उपाधि उचाल्न सकेको छैन ।

“म यसैको लागि यहाँ छु । म यहाँ छुट्टी मनाउन आएको होइन । यो जर्सीमा मैले पहिलो निकै राम्रो समय बिताए । महत्वपूर्ण उपलब्धिहरु हात पारे । र अब फेरि त्यो उपलब्धिका लागि तैयार छु,” उनले भने ।

Click to comment

Trending