Headline

सबिना र प्रितिको गोलमा नेपालले बंगलादेशलाई हरायो

Published

on

२०२२ एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली फुटबल टोलीले बंगलादेशालाई दुई मध्येको पहिलो मैत्रीपूर्ण खेलमा २–१ ले पराजित गरेको छ ।

बिहिवार दशरथ रँगशलामा भएको खेलमा नेपालको लागि डेब्युटेन्ट सबिना राना र प्रिति राईले गोल गरिन् । लामो समयपछि स्टार स्ट्राइकर साबित्रा भण्डारीको अनुपस्थितिमा मैदान उत्रेको नेपाली टोलीले आफ्नो फुटबल इतिहासमा दोश्रो पटक बंगलादेशसँग गोल खाएको हो ।

बंगलादेशका लागि खेलको अन्त्यतिर खातुनले गोल गरेकी थिइन् ।

नेपालले १४ औं मिनेटमै खेलमा अग्रता लिएको थियो । सबिनाले पुजा रानाको क्रसमा हेडर मार्फत गोल गरेकी थिइन् । त्यसको ९ मिनेटपछि नै प्रितिले सरु लिम्बुको पासमा गोल गरिन् ।

दोश्रो मैत्रीपूर्ण आइतबार हुनेछ । खेलमार्फत नेपालका लागि ग्यारी फिलिप्सले पनि आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका हुन् । फिलिप्सले जितका साथ नेपालको प्रशिक्षण करिअरको शुरुवात गरेका हुन् ।

एसियन कप छनोटमा नेपाल समुह एफमा रहेको छ जहाँ उसले फिलिपिन्स र हंगकंगको सामना गर्नेछ । छनोट उज्वेकिस्तानमा हुन गइरहेको छ ।

नेपालले पहिलो खेल फिलिपिन्सबिरुद्ध असोज २ र हंगकंगबिरुद्ध असोज ५ मा खेल्नेछ ।

Click to comment

Trending