Headline

बिश्वकप छनोटः इंगल्याण्डको बिजयी यात्रा रोक्कियो, जर्मनीको आकर्षक जित

Published

on

ड्यामियन सिमन्स्कीले अन्तिम समयमा गोल गरेपछि इंगल्याण्डको बिश्वकप छनौटको बिजयी यात्रामा पोल्याण्डले पूर्णबिराम लगाएको छ । इंगल्याण्डले बिहिबार पोल्याण्डसँग १–१ को बराबरी खेल्यो ।

वार्समा समुह आई मा इंगल्याण्डभन्दा पांच अंकले पछि रहेको पोल्याण्डले युरो कप उपबिजेताको धैर्यताको परिक्षा लिएको थियो ।

गोलका लागि निकै संघर्ष गरेको इंगल्याण्डका लागि कप्तान ह्यारी केनले १८ मिनेट बाकी रहेको स्थितिमा अग्रता दिलाएका थिए । यो उनको ४१ औं अन्तर्राष्ट्रिय गोल थियो । इंगल्याण्डले अर्को जितका साथ घर फर्किने जस्तो देखिरहदा इन्जुरी समयमा सिमन्स्कीले रोबर्ट लेवान्डोस्कीको क्रसमा हेडरमार्फत गोल गर्दै पोल्याण्डलाई एक अंक दिलाएका थिए ।

ग्यारेथ साउथगेटको टोली दोश्रो स्थानको अल्बानीया भन्दा चार अंकले अघि रहेको छ । अल्बानीयाले सान मरिनोलाई ५–० को फराकिलो अन्तरले पराजित गर्यो ।

छनोटबाट बञ्चित हुने खतरा मंडारिएको स्पेनले समुह बी मा कोसोभोलाई २–० ले पराजित गर्दै केही राहतको स्वास फेरेको छ । अर्को ठूलो टोली स्विडेन ग्रिससँग स्तब्ध भएपनि स्पेनलाई फाइदा पुगेको हो ।

स्पनेको जितमा पाब्लो फोर्नाल र फेर्रान टोरेसले गोल गरेका थिए । दुई खेल कम खेलेको स्विडेन ग्रिससँग २–१ ले पराजित भयो । स्विडेन स्पेनभन्दा चार अंकले पछाडी रहेको छ ।

ह्यान्सी फ्लिकलाई लगातार तेश्रो जित

योआकिम लु को साम्राज्यको समाप्तिसँगै जर्मनी सम्हालेका नयाँ प्रशिक्षक ह्यान्सि फ्लिकले आफ्नो पहिलो तीन अन्तर्राष्ट्रिय खेलमा नै जितको स्वाद चाखेका छन् । बिहिवार जर्मनीले आइसल्याण्डलाई उसकै घरमा ४–० ले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गर्यो ।

टिमो वेर्नर, सर्जी नाब्री र लिरोय सानोको प्रतिभामा प्रश्न चिन्ह खडा हुदै गर्दा जर्मनीका लागि तिनै खेलाडीले रेकज्याभिकमा गोल गरेका थिए ।

एन्टोनियो रुडीगरले अर्को गोल गर्दा जर्मनीले समुह जे मा आर्मेनियासँग चार अंकको दुरी बनाएको छ । आर्मेनिया लेजेन्सटेनसँग १–१ को बराबरीमा रोक्किएको थियो ।

aसमुह इ मा बेल्जियमले डेनिस प्रेटको गोलको मद्दतमा बेलारुसलाई १–० ले हरायो । दोश्रो स्थानमा रहेको वेल्सले इस्टोनियासँग गोलरहित बराबरी खेल्दा बेल्जियभन्दा ९ अंकले पछाडी परेको छ ।

Click to comment

Trending