Headline

नेपालको सशक्त बलिङ्ग, पपुवा न्यु गिनी १ सय ३४ मा अल आउट

Published

on

सन्दिप लामिछानेले चार तथा सोमपाल कामी, कुशल मल्ल, बिक्रम सोब र सोमपाल कामीले २–२ विकेट लिएपछि नेपालले पपुवा न्यु गिनीलाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय ३४ रनमै समेटेको छ ।

ओमानको अल अमिरत क्रिकेट ग्राउण्डमा टस हारी पहिलो फिल्डिंग गरेको नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय खेलिरहेका बिक्रम सोबले पहिलो बलमै विकेट लिएपछि पिएनजी शुरुवातदेखि नै दवाबमा रहेको थियो ।

आफ्नो डेब्यु एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो बलमै विकेट लिने बिक्रम बिश्वका २६ औं बलर बने । उनी एशोसिएट क्रिकेटमा यो उपलब्धि हात पार्ने सातौं बलर पनि भए ।

कुनै पनि ठूलो साझेदारी पाउन नसकेको पिएनजी ३३ ओभरमै समेटिएको थियो । बिक्रमले टोनी उरालाई बोल्ड गर्नुका साथै असद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराएपछि पिएनजीले पहिलो चार ओभरमा दुई विकेट गुमाउदा मात्रै ९ रन जोडेको थियो ।

त्यसपछि लेगा सियाका र चाल्र्स अमिनीले पिएनजीलाई सम्हाल्ने प्रयास गर्दै तेश्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । सन्दिपले आफ्नो पहिलो ओभरमै अमिनीलाई पेभिलियन फर्काएपछि पिएनजी सम्हालिन सकेन ।

सियाकाको विकेट कुशलले लिएका थिए । सियाकाले पिएनजीका लागि सर्वाधिक ३० रन बनाए । ३८ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे । अमिनीले २३ बलमा तीन चौकाको मद्दतमा २३ रन बनाए ।

यस्तै गौडी टोकाले २९ बलमा २२ रन जोडे । सन्दिपले १० ओभरमा ३५ रन खर्चदै चार विकेट लिए ।

Click to comment

Trending