Headline

४७ बर्षपछि भारतलाई ओभलमा पहिलो जित

Published

on

चौथो टेस्टमा इंगल्याण्डलाई १ सय ५७ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतले द ओभलमा ४७ बर्षपछि पहिलो पटक टेस्टमा जित हात पारेको छ ।

अन्तिम दिन जितका लागि ३ सय ६८ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउन मैदानमा उत्रेको घरेलु टोली २ सय १० रनमा अल आउट हुन पुग्यो । चौथो दिन विकेट नगुमाई ७७ रनको स्थितिमा रहेको इंगल्याण्डले १ सय १० रनको अन्तरमा सबै विकेट गुमाउन पुगेको थियो ।

पहिलो विकेटका लागि रोरी बन्र्स र हसिब हमिदले १ सय रनको साझेदारी गर्दै इंगल्याण्डलाई ठोस शुरुवात दिए पनि भारत खेलमा फर्कन सफल भयो । भारतको लागि उमेश यादवले तीन विकेट लिए भने जस्प्रित बुम्राह, रविन्द्र जडेजा र शार्दुल ठाकुरले दुई–दुई विकेट हात पारेका थिए ।

द ओभलमा भारतले १९७२ पछि पहिलो पटक जित हात पारेको हो । इंगल्याण्डका लागि हमिदले ६३ र बन्र्सले ५० रन बनाए । यस बाहेक कप्तान जो रुटले ३६ रन जोडेका थिए । अन्य कुनै ब्याट्स्म्यानले २० रन पनि जोड्न सकेनन् ।

यस टेस्टको पहिलो इनिंगसमा १ सय ९१ रनमा समेटिएको भारत इंगल्याण्डले २ सय ९० रन बनाएपछि ९९ रनले पछि परेको थियो । तर रोहित शर्माको बिदेशी भुमिमा पहिलो शतकसँगै अन्य ब्याट्स्म्यानहरुले पनि उल्लेखनीय योगदान दिएपछि भारत दोश्रो इनिंग्समा ४ सय ६६ रन बनाउदै खेलमा फर्कन सफल भएको थियो ।

Click to comment

Trending