Headline

बिश्वकप छनौट राउण्ड–अपः फ्रान्सको लगातार पाचौं बराबरी, नेदरल्याण्ड्सको फराकिलो जित

Published

on

२०२२ कतार बिश्वकप अभियानमा फ्रान्सलाई फेरि अर्को धक्का लागेको छ । आइतबार भएको छनौटमा फ्रान्सले युक्रेनसँग १–१ गोलको बराबरी खेल्यो । छनौटमा फ्रान्सको यो लगातार पाचौं बराबरी हो ।

एन्थोनी मार्सियलले पाँच बर्षमा पहिलो गोल गर्दै किभमा डिडियर डेसच्याम्प्सको फ्रान्सलाई जोगाएका थिए । घुँडाको चोटका कारण युरो कप गुमाएका मार्सियलले २९ खेलमा दोश्रो गोल गरेपछि पहिलो हाफमा मिकोला सापारेन्कोको गोलले अग्रता बनाएको युक्रेन रोक्किएको थियो ।

समुह डी मा फ्रान्स चार अंकले अगाडी रहेको छ तर उसले दोश्रो स्थानमा रहेको फिनल्याण्डभन्दा दुई खेल बढी खेलेको छ । फ्रान्स र फिनल्याण्ड मँगलवार लियोनमा खेल्दैछन् । जोल पोयानपालोको गोलको मद्दतमा फिनल्याण्डले काजख्स्तानलाई १–० ले हरायो ।

युक्रेनले भने आफ्नो शुरुवाती सबै पाँच खेलमा बराबरी गरेको छ । यसमा फ्रान्स बिरुद्धका होम र अवे खेल पनि रहेका छन् ।

मेम्फिस डिपे चम्केपछि नेदरल्याण्ड्सले मोन्टेनेग्रोमाथि ४–० को सहज जित हात पार्यो । लुइस भान हालको डच टोली समुह जी मा टर्कीलाई पछ्याइरहेको छ । टर्कीले आइतबार नै जिब्रल्टारलाई ३–० ले हरायो ।

बार्सिलोना स्टार डिपेले एक पेनाल्टी सहित नेदरल्याण्ड्सका लागि दुई गोल गरेका थिए । कप्तान जर्जिन्हो वाइनाल्डम र कोडी गाक्पोले पनि १–१ गोल थपेका थिए ।

अर्को खेलमा एर्लिंग हालान्ड र मोहमद एल्योनौसीले गोल गरेपछि नर्वेले ओस्लोमा लाट्भीयालाई २–० ले हरायो ।

समुह एच मा मार्सेलो ब्रोजोभिचको एक मात्र गोलको मद्दतमा क्रोएसियाले स्लोभाकियालाई पराजित गर्यो । क्रोएसियासँगै शिर्ष स्थानमा रहेको रुसले साइप्रसलाई २–० र माल्टामाथि स्लोभेनियाले १–० संघर्षपूर्ण जित दर्ता गरायो ।

अर्को सानो टोली फारो आइल्याण्ड्सले पनि टक्कर दिएको डेनमार्कलाई योनस विन्डको एक मात्र गोलले जोगाएको थियो । समुह एफमा

फारो आइल्याण्डबिरुद्ध ह्याट्रिक गरेका एरान जाहाभीले अष्ट्रियाको इजरायलमाथिको ५–२ को जितमा अर्को दुई गोल गरे । लिन्डन डाइक्सले गरेको एक मात्र गोलमा स्कटल्याण्ड मोल्डोभालाई १–० ले हराउदै समुह एफको शिर्ष स्थानमा उक्लन सफल भयो ।

Click to comment

Trending