Headline

बिश्वकप छनौटः इटाली रोक्कियो, जर्मनीको संघर्षपूर्ण जित

Published

on

युरो कप बिजेता इटालीले वेम्बलीको सफलतापछि फर्किएको खेलमा बुल्गेरियासँग २०२२ बिश्वकप छनौटमा १–१ को बराबरी खेलेको छ ।

फ्लोरेन्समा उत्साहित घरेलु समर्थकहरुको अपेक्षा बिपरित इटालीले निराशाजनक प्रदर्शन गरेको हो । २०२१ टोकियो ओलम्पिक्सको ट्रयाक एण्ड फिल्डमा पनि सफलता चाखेको इटालीले १६ औं मिनेटमा फेडेरिको किएसामार्फत अग्रता लिएपनि बुल्गेरियाले युरो च्याम्पियनलाई बराबरीमै रोक्न सफल भयो ।

पहिलो हाफ अघि नै अटानास इलिएभले बुल्गेरियाका लागि बराबरी गोल गरेका थिए । फिफा र्यांकिंगमा ७५ औं स्थानमा रहेको बुल्गेरियाको लागि उसका गोलकिपर जियार्जी जियोर्जेभको प्रदर्शन प्रेरणादायी रह्यो ।

वेम्ब्लीमा इंगल्याण्डलाई टाई ब्रेकरमा पराजित गर्दै युरो कप चुमेको टोलीबाट रोबर्टो मान्चिनीले जम्मा दुई मात्र परिवर्तन गरेका थिए । तर बलियो इटालीले अपेक्षा अनुरुपको जित आत्मसात गर्न सकेन ।

यद्दपि इटालीको नाममा नयाँ किर्तिमान भने कायम रह्यो । इटालीले अन्तर्राष्ट्रिय फुटबल इतिहासमा ब्राजिलको नाममा लगातार ३५ खेलमा अपराजित रहेको किर्तिमानको बराबरी गरेको हो ।

यो यस्तो खेल थियो जहाँ हामीले अर्को ३० मिनेट खेलेको भएपनि गोल गर्न सक्ने थिएनौं । उनीहरु रक्षात्मक रुपमा निकै राम्रो खेले र एक मात्र काउन्टर अट्याकमा गोल गरिदिए, इटालीका प्रशिक्षक मान्चिनीले भने ।

समुह सी मा इटालीले अझै पनि चार अंकको अग्रतालाई भने कायमै राखेको छ । उसले दोश्रो स्थानमा रहेको स्विट्जरल्याण्डसँग बिहिवार बासेलमा खेल्नेछ । प्रत्येक समुहबाट बिजेतामात्रै बिश्वकपका लागि छनोट हुनेछन् ।

लिचेस्टेनलाई हराउन जर्मनलाई गाह्रो

प्रशिक्षक ह्यान्सी फ्लिकको आगमनपछि पहिलो खेल खेलेको जर्मनीले युरोपमा सबैभन्दा कमजोर मध्येको एक टोली मानिएको लिचेस्टेनमाथि २–० को संघर्षपूर्ण जित निकालेको छ ।

टिमो वेर्नरको गोल मार्फत अग्रता लिएको जर्मनीका लागि लिरोय सानेले दोश्रो हाफमा गोल गरेका थिए । जर्मनीले आक्रमणलाई खेल भरि निरन्तरता दिएपनि लिचेस्टेनले उत्कृष्ट डिफेन्डिंग गरेको थियो ।

समुह जे मा जर्मनी आर्मेनीया भन्दा एक अंकले पछि परेको छ । आर्मेनीयाले नर्थ मेसेडोनियासँग गोलरहित बराबरी खेलेको थियो । जर्मनीले अर्को खेलमा बुधबार आइसल्याण्डबिरुद्ध खेल्नेछ ।

Click to comment

Trending