अन्तर्राष्ट्रिय

चौथो टेस्टमा इंग्ल्यान्डको पकड 

Published

on

भारत विरुद्धको चौथो टेस्टको दोश्रो दिनको खेलमा घरेलु टोली इंग्ल्यान्डले आफ्नो पकड मजबुत बनाएको छ ।

भारतलाई पहिलो पारीमा मात्र १९१ रोक्न सफल भएको इंग्ल्यान्डले आफ्नो पहिलो पारीमा २९० रन बनायो भने ९९ रनको अग्रता लिन सफल भयो । पहिलो पारीको आधारमा ९९ रनले पछि परेको भारतले दोश्रो दिनको खेलको समाप्तिमा ४३ रन बनाएको छ भने अझै पनि इंग्ल्यान्डको अग्रता भन्दा ५६ रनले पछि रहेको छ ।

खराब सुरुवात गरे पनि इंग्ल्यान्डको पारी सम्हाल्ने क्रममा ओली पप र क्रिस वोक्सले अर्धशतकीय पारी खेल्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् । पपले इंग्ल्यान्डको तर्फबाट सर्वाधिक ८१ रन बनाए भने वोक्सले पनि ५० रनको पारी खेले । त्यस्तै जोनी बैरस्टोले ३७ तथा मोएन अलिले पनि ३५ रनको योगदान दिए ।

दोश्रो दिनको खेल ५३ रनमा तीन विकेटको नोक्सानीबाट सुरु इंग्ल्यान्डले एक रन जोड्दा क्रेग ओभरटनलाई गुमायो । अर्को नौ रन जोड्दा ३१ रन बनाएका डाविड मलान पनि आउट हुँदा इंग्ल्यान्ड पाँच विकेटको नोक्सानीमा ६२ रनको अवस्थामा खुम्चिन पुग्यो ।

बैरस्टो र पपले छैठौ विकेटका लागि ८९ रन जोड्दै इंग्ल्यान्डको पारी सम्हाले । बैरस्टोले पनि आफ्नो विकेट गुमाए पछि क्रिजमा आएका अलिले पपसँग मिलेर सातौ विकेटका लागि ७१ रन जोड्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । वोक्सले एक रन बनाएका जेम्स एन्डरसनसँग मिलेर ३५ रनको साझेदारी गर्दै आफ्नो अर्धशतक मात्र पुरा गरेनन् इंग्ल्यान्डलाई राम्रो अग्रता पनि दिलाए । 

भारतका उमेश यादवले सर्वाधिक तीन विकेट लिए भने जस्प्रित बुम्रा र रविन्द्र जडेजाले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

दोश्रो दिनको खेलको समाप्तिमा भारतका ओपनरद्वय रोहित शर्मा र केएल राहुलले क्रमश २० र २२ रन जोड्दै भारतको पारी सम्हाल्ने प्रयास गर्दैछन् ।

क्रिस वोक्सले चार तथा ओली रबिनसनले तीन विकेट लिए पछि कप्तान विराट कोहली र शार्दुल ठाकुरको अर्धशतकका बाबजुद भारतले आफ्नो पहिलो पारीमा ६१ दशमलब तीन ओभरमा सबै विकेट गुमाएर १९१ रन मात्र जोड्न सक्यो ।

      

    

 

Click to comment

Trending