Headline

बिश्वकप छनौटः मेस्सी प्रभाव जमाउन नसकेपनि अर्जेन्टिनाको सहज जित

Published

on

अर्जेन्टिनाले २०२२ बिश्वकप छनौटमा आफ्नो अपराजित यात्रालाई कायमै राख्दै १० खेलाडीमा सिमित भेनेजुएलालाई ३–१ ले पराजित गरेको छ ।

बिहिबार सम्पन्न खेलमा पिएसजीमा आफ्नो पहिलो खेल खेल्दै दक्षिण अमेरिका फर्किएका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी काराकासमा संघर्षरत रहेपनि उनको टोलीलाई भने त्यसको प्रभाव परेको थिएन ।

मेस्सीमाथि लापरवाह फउल गर्दै एड्रियन मार्टिनेजले रेड कार्ड पाउदा १० खेलाडीमा झरेको भेनेजुएलाबिरुद्ध लौटारो मार्टिनेजले गोल गर्दै पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाले आकर्षक खेल पस्कन नसकेपनि कम खेलाडी सिमित भएको मुल्य भेनेजुएलाले अन्तिम २५ मिनेटमा चुकाएको थियो । सब्स्टिच्युट योआकिन कोरिआ र एन्जेल कोरिआले अन्य दुई गोल गरेका थिए । भेनेजुएलाका लागि येफेर्सन सोटेल्डोले पेनाल्टी मार्फत खेलको अन्त्यतिर सान्त्वना गोल फर्काएका थिए ।

अर्को दक्षिण अमेरिकी महारथी ब्राजिल चिलीबिरुद्ध खेल्नु अघि अर्जेन्टिनाले अंक तालिकामा ३ अंकको अग्रता बनाएको छ । ब्राजिल र अर्जेन्टिना आइतबार साओ पाओलोमा खेल्न गइरहेका छन् । ब्राजिललाई आफ्नै भुमिमा व्यहोरेको कोपा अमेरिका फाइनलको पराजयको बदला लिने मौका हुनेछ ।

क्वेटोमा भएको अर्को खेलमा घरेलु टोली इक्वेडर पराग्वेलाई २–० ले हराउदै तेश्रो स्थानमा कायम रहन सफल भयो । दुवै गोल खेलको अन्तिम ७ मिनेटमा भएको थियो ।

बराबरीतर्फ अग्रसर खेलमा फेलिक्स टोरेसले ८८ औं मिनेटमा इक्वेडरलाई अग्रता दिलाएका थिए भने माइकल एस्ट्रडाले एकल प्रयासमा आकर्षक गोल गर्दै जित सुनिश्चित पारेका थिए ।

यस्तै बोलिभियाले घरेलुमैदानमा कोलम्बियालाई १–१ गोलको बराबरीमा रोक्न सफल भयो ।

Click to comment

Trending