Headline

नेपालले भारतलाई बराबरीमा रोक्यो

Published

on

नेपाल र भारतले पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेका छन् । दशरथ रंगशालामा घरेलु दर्शकको समर्थन पाएको नेपाललाई भाग्यले साथ दिएको थियो ।

भारतले खेलमा पकड कायम राखि रहदा चिंग्लेनसना सिँहले दिएको ब्याक पासमा भारतीय गोलकिपर गुरप्रित सिंह सन्धु पुग्न नसक्दा अञ्जनले त्यसको फाइदा उठाउदै गोल गरेका थिए । बल लिन गुरप्रित अगाडी बढेको स्थितिमा अञ्जनले बीचबाटै इन्टरसेप्ट गर्दै खाली पोस्टमा गोल गरिदिएका थिए । अञ्जनको यो पाचौं अन्तर्राष्ट्रिय गोल हो ।

गोल अघि भारतले कुनै पनि समय नेपाललाई खतरा बन्न दिएको थिएन । नेपाललाई भारतले मिडफिल्डबाट नै रोकिदिएको थियो । पहिलो हाफ समाप्त हुनु अघि बनेको मुभमा तेज तामाङको पासमा सुमन लामाले फ्रेममा गरेको प्रहारलाई गुरप्रितले डाइभ गर्दै बचाएका थिए ।

भारतले दोश्रो हाफ शुरु भएको १५ मिनेटमै गोल फर्काएको थियो । कप्तान सुनिल क्षेत्रीले बक्स बाहिरबाट गरेको सशक्त प्रहारलाई गोलकिपर किरण चेम्जोङले उत्कृष्ट ढँगले बचाउ गरेपनि गोललाईन नजिकै ल्याण्ड भएको रिबाउण्डमा अनिरुद्ध थापाले गोल गरेका थिए ।

घरेलु टोलीले पहिलो हाफको तुलनामा केही सुधारिएको प्रदर्शन गरेपनि दोश्रो हाफमा भारतले नै निरन्तर दवाब बनाएको थियो । ८३ औं मिनेटमा भारत गोल गर्न चुकेको थियो । अनिरुद्धको फ्रि–किकमा आएको बलमा मनविर सिँहले पोस्टको नजिकैबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । त्यस्तै रहिम अलिले तीन मिनेट बाकी रहेको स्थितिमा निकै बाहिर प्रहार गरेका थिए ।

बिहिबारको खेलबाट नेपालका लागि नितिन थापाले डेब्यु गरेका थिए । दुई टिमबीचको दोश्रो मैत्रीपूर्ण आइतबार हुनेछ ।

Click to comment

Trending