Headline

भारतबिरुद्ध यस्तो छ नेपालको शुरुवाती ११

Published

on

भारतबिरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्णका लागि नेपालले आफ्नो शुरुवाती ११ तैयार पारेको छ ।

यसअघि नेपालको गल्फ भ्रमणमा डेब्यु गरेका युवा खेलाडी आयुष घलानले शुरुवाती ११ मै मौका पाएका छन् । नेपालको अग्रपंक्तिलाई आयुष सहित अन्जन बिष्ट र नवयुग श्रेष्ठले सम्हाल्ने छन् ।

नेपालले ४–३–३ को रणनीतिमा भारतबिरुद्ध उत्रन गइरहेको हो । मध्यपंक्तिमा सुमन लामा, तेज तामाङ र पुजन उपरकोटी रहेका छन् । यस्तै गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी र सुमन अर्याल रक्षापंक्तिमा रहेका छन् ।

नेपालले २० औं पटक भारतसंग खेल्न गइरहेको हो । यसअघि नेपालले भारतलाई दुई पटक मात्र अन्तर्राष्ट्रिय फुटबलमा पराजित गरेको छ । पछिल्लो जित २०१३ मा काठमाडौंमै भएको साफ च्याम्पियनसिपको दौरान थियो ।

आजको खेलमार्फत प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दशरथ रंगशलामा आफ्नो डेब्यु गर्न गइरहेका छन् । अब्दुल्लाह प्रशिक्षक भए यता नेपालले चार अन्तर्राष्ट्रिय खेलिसकेको छ ।

अब्दुल्लाहले टोली सम्हालेपछि नेपालले इराकबिरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेको थियो भने बिश्वप तथा एसिया कपको संयुक्त छनौटमा अष्ट्रेलिया चाइनिज ताइपेइ र जोर्डनबिरुद्ध खेलेको छ ।

नयाँ प्रशिक्षकको नियुक्तिपछि नेपालले जित हात पार्न सकेको छैन भने चार गोल गरेको छ ।

Click to comment

Trending