Headline

नेपालले जुन सुकै लयमा भएपनि भारतबिरुद्ध सधै उत्कृष्ट दिदै आएको छः सुनिल क्षेत्री

Published

on

भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाल जस्तो राम्रो या खराब जस्तो सुकै लयमा भएपनि आफ्नो टोलीबिरुद्ध सधै उत्कृष्ट दिने गरेको बताएका छन् ।

नेपाल र भारत दुई मध्येको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहिबार खेल्न गइरहेका छन् । खेल दशरथ रंगशालामा सांझ ५ः३० मा हुन गइरहेको छ ।

एक दिन अघि भएको पत्रकार सम्मेलनमा क्षेत्री र भारतीय प्रशिक्षक इगो स्टिम्याकले खेलबारे आफ्नो धारणा राख्दै नेपालीबिरुद्ध खेल्न सहज नहुने बताएका थिए । हेरौं के भने क्षेत्री र स्टिम्याकलेः

भारतीय कप्तान सुनिल क्षेत्री

हामी अगाडी गएर केही महत्वपूर्ण खेलहरु खेल्न गइरहेका छौं र यो दुई वट खेल यो सिजनको लागि राम्रो शुरुवात हुनेछ । नेपाली टोली जस्तो सुकै लयमा भएपनि सधै हामीबिरुद्ध उत्कृष्ट दिने गरेको छ । हामीले यी दुई खेलमा पनि त्यही अपेक्षा गरिरहेका छौं । हामी पनि जस्तो सुकै लयमा भएपनि, नेपाली राष्ट्रिय टोलीसंग खेल्दा हामीलाई सधै गाह्रो हुने गरेको छ ।

पछिल्लो पटक हामीले खेल्दा पनि हामीलाई धेरै गाह्रो भएको थियो । त्यसमाथि अहिले नेपाली टोलीले घरेलु मैदानमा खेल्दैछ र यो हाम्रो लागि निकै कठिन स्थिति हो ।

भारतीय प्रशिक्षक स्टिमाक

हामी निकै स्तरीय र आकर्षक फुटबल खेल्ने प्रयासमा हुनेछौं । हामी यो दुई खेलका लागि दावेदार रहेको तथ्यलाई साबित गर्न चाहन्छौं । धेरै खेलाडीहरुलाई टोलीका लागि खेल्दै आइरहेका छन् र केही महत्वपूर्ण प्रतियोगिताहरु खेलिसकेका कारण मैले उनीहरुबाट के चाहन्छु उनीहरुलाई राम्ररी थाहा छ ।

हामीले यहां आउनु अघि नेपाली टोलीको बारेमा राम्ररी बिश्लेषण गरेका थियौं । नेपाली टोलीले प्रगति गरेको छ । केही महिना अघि सम्पन्न बिश्वकप छनौटमा पनि उनीहरुले राम्रो फुटबल खेल्न सक्ने साबित गरेका छन् ।

रक्षात्मक रुपमा नेपाली टोलीले धरै सुधार ल्याएको छ । युवा खेलाडीहरुलाई मौका दिएर नेपालका प्रशिक्षकले राम्रो काम गरेका छन् ।

Click to comment

Trending