Headline

बंगलादेशबिरुद्ध न्युजिल्याण्ड ६० रनमै अल आउट

Published

on

बंगलादेशले न्युजिल्याण्डलाई उसको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै संयुक्त सबैभन्दा सानो योगफलमा सिमित पारेको छ ।

ढाकामा भएको पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा न्युजिल्याण्ड १६ दशमलव ५ ओभरमा ६० रनमै समेटियो । यसअघि २०१४ मा बंगलादेशमै भएको ट्वान्टी ट्वान्टी बिश्वकपमा न्युजिल्याण्ड श्रीलंकाबिरुद्ध ६० रनमा समेटिएको थियो ।

न्युजिल्याण्डलाई बुधबार सस्तै समेट्ने क्रममा मुस्तफिजुर रहमानले तीन विकेट लिएका थिए भने नसुम अहमद, शकिब अल हशन र मोहम्मद सैफुद्दिनले २(२ विकेट लिएका थिए ।

९ रनमा चार विकेट गुमाएको न्युजिल्याण्डलाई टम लाथम र हेन्री निकोल्सले ३४ रनको साझेदारी गर्दैसम्हाल्ने प्रयास गरेका थिए । तर दुवै ब्याट्स्म्यान सैफुद्दिनको शिकार भएपनि बंगलादेश पूर्ण रुपमा हावी भएको थियो ।

लाथम र निकोल्सले समान १८ रन बनाए भने अन्य व्याट्स्म्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बंगलादेशले यसअघि पनि अर्को बलियो टोली अष्ट्रेलियालाई ट्वान्टी ट्वान्टी श्रृंखलामा नराम्ररी हराएको थियो ।

Click to comment

Trending