Headline

नेपाल र भारतबीचको खेल ५१ सय दर्शकले हेर्न पाउने

Published

on

नेपाल र भारतबीच भोलि देखि शुरु हुने दुई म्याचको मैत्रीपूर्ण फुटबलका लागि दर्शकले प्रवेश पाउने भएका छन् ।

एन्फा अध्यक्ष कर्मा छिरिंग शेर्पाले नेपाल सरकारले सिमित दर्शकको उपस्थितिमा दुई खेलको आयोजना हुने बताएका हुन् । हालका लागि एन्फाले ५१ सय दर्शकलाई प्रवेश दिने निर्णय गरेको छ ।

दर्शक प्रवेशका लागि स्वास्थ्य मन्त्रालय र फिफा तथा एएफसीले तैयार पारेको प्रोटोकोलको अनुशरण गरिने शेर्पाले बताए । एन्फाले टिकटको पैसा निर्धारण भने गरिसकेको छैन ।

दर्शक प्रवेशका लागि दुई पटक भ्याक्सिन लगाएको हुनु पर्ने अथवा पिसिआरमा नेगेटिभ आएको हुनु पर्ने शेर्पाले बताए ।

Click to comment

Trending