Headline

दुई बर्षमै ग्रिजमन बार्सिलोनाबाट फेरि एट्लेटिको फर्किए

Published

on

फ्रान्स फर्वार्ड एन्टोइन ग्रिजमन बार्सिलोना आएको दुई बर्षमै आफ्नो पुरानो क्लब एट्लेटिको म्याड्रिड फर्किएका छन् । दुई क्लबहरुले ग्रिजमन लोनमा गएको बुधबार घोषणा गरेका हुन् ।

एट्लेटिकोसंगको आफ्नो पहिलो यात्रामा १ सय ३३ गोल गरेका ३० बर्षिय ग्रिजमन एक बर्षको लागि लोनमा गएको र अर्को बर्ष यो अवधि बढाउन सकिने बिकल्प रहेको एट्लेटिकोले जानकारी दिएको छ ।

ग्रिजमनलाई फेरि स्वागत छ, उनको आगमनपछि एट्लेटिकोले आफ्नो वेबसाइटमा लेखेको छ ।

ग्रिजमन एट्लेटिको पुग्नु बार्सिलोनाको आर्थिक संकटसंग सम्बन्धित छ । यसै कारण नै बार्सिलोनाले ६ पटकका बालोन डि ओर बिजेता लियोनल मेस्सीलाई क्लब राख्न असफल रहेको थियो भने अन्य धेरै खेलाडीहरु पनि बेच्दै आएको छ ।

२०१९ मा १ सय २० मिलियन युरोमा स्पेन आएपछि ग्रिजमन बार्सिलोनामा सबैभन्दा बढी कमाउन खेलाडीहरुमध्ये रहेका थिए ।

ग्रिजमनको तलब बार्सिलोनाले तिर्ने भन्दै उनले बार्सिलोना छोडेको स्पेनिस क्लबले पुष्टि गरेको हो । लोन अवधि समाप्त भएपछि एट्लेटिले सम्झौतालाई थाई गर्नु पर्ने छ ।

खरिद मुल्य दुवै क्लबले नखुलाएपनि ४० मिलियन युरो रहेको बुझिएको छ । बर्तमान ला लिगा च्याम्पियन एट्लेटिकोमा ग्रिजमनका लागि उनका पुर्व बार्सिलोना टिममेट लुइस सुवारेज रहेका छन् ।

ग्रिजमनको स्थानमा रोनाल्ड कोमनको बार्सिलोनाले सेभियाका लु डि जोंग भित्र्याउदै छ । डि जोंगले सेभियाका लागि पछिल्लो ७० खेलमा मात्र १० गोल गरेका छन् । ग्रिजमनको तलब कटौति गर्न सफल बार्सिलोनाले फर्ममा नरहेका डि जोंगलाई निकै सस्तो मुल्यमा खरिद गर्न गइरहेको हो ।

Click to comment

Trending