राष्ट्रिय

ईपीएल बन्यो सर्वाधिक पुरस्कार राशि भएको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता

Published

on

आगामी महिना सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) नेपालको सबैभन्दा धेरै पुरस्कार राशि भएको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बनेको छ । यस पटकको विजेताले ५० लाख नगद प्राप्त गर्ने भएको हो ।

आयोजक एभरेष्ट प्रिमियर लिग प्रा लि ले यस पटकको विजेतालाई ५० लाख दिइने जनाएको छ । त्यस्तै उपविजेताले भने १५ लाख मात्र प्राप्त गर्नेछन् ।   

गत वर्षको विजेताले २५ लाख प्राप्त गरेको थियो भने यस पटक पुरस्कार राशीमा दोब्बर बढौती गरिएको छ । सन् २०१७ को विजेताले १७ लाख प्राप्त गरेको थियो भने अघिल्लो संस्करणमा पुरस्कार राशीमा वृद्धि गर्दै २५ पुर्याइएको थियो ।

यस वर्षको ईपीएल आगामी असोज नौ गतेबाट २३ गते सम्म टियु क्रिकेट मैदानमा आयोजना हुँदैछ । यस पटक पाकिस्तानका पुर्व कप्तान तथा आक्रामक ब्याट्सम्यान शाहिद अफ्रिदी, श्रीलंकाका पुर्व कप्तान दिनेश चन्दिमल, अफगानीस्तानका आक्रामक विकेट किपर ब्याट्सम्यान मोहम्मद शाहजाद जस्ता चर्चित खेलाडीहरु खेल्ने पक्का भइसकेको छ ।    

Click to comment

Trending