अन्तर्राष्ट्रिय

आईपीएलको नयाँ फ्रेन्चाइजको न्यूनतम मूल्य दुई हजार करोड भारु 

Published

on

भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले सन् २०२२ को इन्डियन प्रिमियर लिग (आईपीएल) संस्करणबाट १० टोली बनाउने यस अघि नै निर्णय गरिसकेको छ । त्यसका लागि उसले छिटै नै दुई टोली लिन इच्छुकहरूको आवेदन लिने जनाएको छ ।

त्यसका लागि उसले एक फ्रेन्चाइजको न्यूनतम मूल्य दुई हजार करोड भारतीय रुपैयाँ राखेको छ । न्यूनतम मूल्य दुई हजार करोड राखेको भए पनि बिसीसीआई एक टोलीको मूल्य पाँच हजार करोड आम्दानी गर्ने पनि आशा राखेको छ ।

बिसीसीआईले यस अघि १७ सय करोड भारु राख्ने सुरुवाती छलफल गरेको भए पनि धेरै कम्पनीले इच्छा व्यक्त गरे पछि उसले ३०० करोड बढाएर दुई हजार करोड पुर्याउने निर्णय लिएको हो । त्यस्तै कुनै पनि कम्पनीले टोली किन्न चाहेको खण्डमा आवेदनका लागि मात्र ७५ करोड खर्च गर्न पर्ने जनाएको छ । आवेदन दिने कम्पनीले वार्षिक रुपमा टिन हजार करोड भन्दा धेरैको कारोबार गरेको पनि हुन पर्ने बिसीसीआईले जनाएको छ ।

१० टोली भए पछि प्रतियोगिता अवधिभर कुल ७४ खेल हुने भएकाले पनि नयाँ टोलीलाई पनि फाइदा नै पुग्ने आशा बिसीसीआईको रहेको छ ।

धेरै कम्पनीले टोली किन्न खोजेको र बिसीसीआईले पूणे, अहमदाबाद र लखनउ मध्य दुई स्थानलाई नयाँ फ्रेन्चाइजलाई प्राथमिकतामा राखेको छ ।

सन् २०००८ बाट आठ टोली मार्फत सुरु भएको आईपिएलको चौथों संस्करणमा बिसीसीआईले १० टोलीलाई खेलाएको थियो भने त्यस पछिका दुई वर्ष टोलीको संख्या झारेर नौ पुर्याएको थियो । सन् २०१४ देखि भने फेरी फ्रेन्चाइजको संख्या आठ नै राखिएको थियो । 

Click to comment

Trending