अन्तर्राष्ट्रिय

इंग्ल्यान्डसँगको तेश्रो टेस्टमा भारतको लज्जास्पद हार 

Published

on

दोश्रो पारीमा ओली रोबिनसनले घातक बलिङ गर्दै पाँच विकेट हात पारे पछि पाहुना टोली भारतले इंग्ल्यान्ड विरुद्ध तेश्रो टेस्टमा एक पारी र ७६ रनको लज्जास्पद हारको सामना गरेको छ । यससँगै पाँच टेस्टको शृंखला १-१ को अवस्थामा पुगेको छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोश्रो टेस्टमा भारतले इंग्ल्यान्डलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।        

चौथो दिनको खेल दुई विकेटको नोक्सानीमा २१५ रनको अवस्थाबाट सुरु गरेको भारतले ६३ रन जोड्दा बाँकी आठ विकेट गुमाए पछि एक पारी र ७६ रनले पराजित हुन पुगेको हो ।

भारतको हारमा दोश्रो पारीमा इंग्ल्यान्डका रोबिनसनले सर्वाधिक पाँच विकेट लिए भने क्रेग ओभरटनले पनि तीन विकेट आफ्नो नाममा दर्ता गराए ।

तेश्रो दिनको खेलको समाप्तिमा ९१ रनमा अविजित रहेका चेतेश्वर पुजारा कुनै पनि रन जोड्न नसकी पेभेलियन फर्किए भने ४५ रनमा अविजित रहेका कप्तान बिराट कोहलीले पनि १० रन भन्दा जोड्न सकेनन् । भारतका रविन्द्र जडेजाले ३० रन जोड्दा उपकप्तान अजिंक्य रहानेले १० रन मात्र जोडे भने बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलरहरुले घातक बलिङ गर्दा इंग्ल्यान्डले भारतलाई पहिलो पारीमा मात्र ७८ रनमा रोक्यो भने आफ्नो पहिलो पारीमा ४३२ रन बनाउँदै ३५४ रनको विशाल अग्रता लिन सफल भयो । 

इंग्ल्यान्डको तर्फबाट पहिलो पारीमा कप्तान जो रुटले सर्वाधिक १२१ रन बनाए । रुट बाहेक इंग्ल्यान्डको लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका डाविड मलानले १२८ बलमा ७० तथा ओपनद्वय हसिब हमिद र रोरी बर्न्सले क्रमश १९५ बलमा ६८ तथा १५३ बलमा ६१ रनको योगदान दिए ।  

भारतका मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए भने मोहम्मद सिराज, रविन्द्र जडेजा र जस्प्रित बुम्राले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।  

@wesportzSwastima Khadka on Paras Khadka. 4-yrs agi ko ho yo. ##nepalicricket ##nepalcricket ##nepalicricket ##cricketnepal ##cricketingnepal ##wesportz♬ original sound – wesportz.com

Click to comment

Trending