राष्ट्रिय

गुलशन झा काठमाडौँबाट ईपीएल खेल्ने 

Published

on

तीब्र गतिका १७ वर्षीय बलर गुलशन झाले अर्को महिना सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) काठमाडौँ किंग्स ११ बाट  खेल्ने भएका छन् । काठमाडौँले सामाजिक सन्जाल मार्फत गुलशनलाई आफ्नो टोलीमा भित्राएको जनाएको हो ।

गत वर्ष फाल्गुनमा आयोजना भएको काठमाडौँ मेयर्स कपमा उनले नेपाल पुलिस क्लबबाट दुई खेल मात्र खेलेको भए पनि सनसनी मच्चाउन सफल भएका थिए । आफ्नो पहिलो खेलमा कुनै पनि विकेट हात पार्न नसकेका उनले फाइनलमा घातक बलिङ गर्दै चार विकेट मात्र हात पारेनन् पुलिसलाई उपाधि पनि चुमाउन महत्वपूर्ण भूमिका खेले ।
आफ्नो दुई खेलबाट नै सबैलाई प्रभावित पारेका गुलशन ओमान भ्रमणका लागि डाकिएको बन्द प्रशिक्षणमा पनि पहिलो पटक स्थान बनाउन सफल भए । त्यस्तै उनले अन्तिम १७ मा पनि स्थान बनाएर  हाल नेपाली टोलीसँग ओमानमा रहेका छन् जहाँ नेपालले पपुवा न्यु गिनीसँग दुई एकदिवसीय खेलको शृंखला खेल्ने छ भने त्यस पछि विश्वकप लिग टु अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक शृंखला पनि खेल्ने छ ।
यस वर्षको ईपीएल आगामी असोज नौ गतेबाट २३ गते सम्म टियु क्रिकेट मैदानमा आयोजना हुँदैछ ।
काठमाडौँको कप्तानी लेग स्पिनर सन्दिप लामिछानेले गर्नेछन् भने पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीले पनि काठमाडौँबाट यस वर्षको ईपीएल खेल्ने छन् ।

Click to comment

Trending