अन्तर्राष्ट्रिय

 नेपाल विरुद्धको मैत्रीपूर्ण खेलका लागि भारतीय टोलीको नाम सार्वजनिक 

Published

on

भारतले यसै महिना खेल्ने नेपाल विरुद्धको मैत्रीपूर्ण खेलका लागि २५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ । भारतीय टोलीका प्रशिक्षक इगोर स्टिम्याकले सुनिल क्षेत्रीको कप्तानीमा आफ्नो टोलीको नाम सार्वजनिक गरेका हुन् । 

आगामी महिना आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले भदौ १७ र २० मा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दै छन् । 

भारतले साफ च्याम्पियनसिप र नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भनेर अगस्ट १५ देखि कोलकातामा बन्द प्रशिक्षण सुरु गरेको थियो भने नेपाली टोली पनि हाल पोखरामा प्रशिक्षणमा रहेको छ । 

भारतीय टोली – सुनिल क्षेत्री, मानबिर सिंह, रहिम अलि, फारुख चौधरीले, अमरिन्दर सिंह, धिरज सिंह मोइरंगथेम, गुरप्रित सिंह, प्रितम कोटल, चिङ्गलेनसना सिंह, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुभासिश बोस, सेरिटोन फर्नान्डेस, ललेङ्गमाविया, बिपिन सिंह, अनिरुध थापा, साहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेस, लिस्टन कोलाको, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेश सिंह, ज्याकसन सिंह, प्रोनी हल्दर 

@wesportzDavid Beckham, former England football captain in Nepali Bhadgaule Topi. ##davidbeckham ##tiktoknepal?? ##trending ##footballnepal⚽️??

♬ original sound – Shutter Psycho

Click to comment

Trending