Headline

एमबाप्पे किन्न रियलले पिएसजीलाई राख्यो १ सय ८० मिलियन युरोको प्रस्ताव

Published

on

रियल म्याड्रिडले पेरिस सेन्ट जर्माइनका फ्रेञ्च स्ट्राइकर किलियन एमबाप्पेलाई खरिद गर्न १ सय ८० मिलियन युरोको प्रस्ताव राखेको छ ।

स्पेनिस खेलकुद दैनिक लाकुपेका अनुसार रियल एमबाप्पेका लागि १ सय ७० मिलियन र अर्को १० मिलियन बोनस प्याकेज दिनका लागि तैयार भएको हो । त्यति नै पैसा तिर्दै पिएसजीले एमबाप्पेलाई अर्को फ्रेञ्च टोली मोनाकोबाट भित्र्याएको थियो ।

यसै हप्ताको शुरुवातमा २२ बर्षिय एमबाप्पेका लागि राखेको प्रस्तावलाई पिएसजीका खेलकुद निर्देशक लियोनार्डोले पर्याप्त नरहेको भन्दै अस्विकार गरिदिएका थिए ।

“किलियनलाई लिएर हाम्रो अवस्थामा परिवर्तन आएको छैन । सबैजनालाई थाहा छ र उनलाई पनि । हामी यो बिषयमा स्पष्ट छौं,” बिहिबार इस्तानबुलमा भएको च्याम्पियन्स लिग ड्र अघि पिएसजीका अध्यक्ष नासेर अल खेलाफीले भनेका थिए ।

एमबाप्पे र पिएसजीबीचको सम्झौता अर्को बर्षको जुनमा समाप्त हुने छ । लियोनार्डोले रियलको पहिलो प्रस्तावलाई अपमानजनक, गलत र गैरकानुनी भन्दै आक्रमक रुपमा प्रस्तुत भएका थिए । तर उनले भनेका छन्ः “कुनै खेलाडी क्लब छोड्न चाहन्छन् उनी जानेछन् । तर क्लब र परियोजना सबैभन्दा माथी हुनेछ । हामीलाई उनलाई पिएसजीमै बस्नका लागि धेरै कुरा गर्दै आएका छौं ।”

गत महिना अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीको आगमनपछि खेलाफीले एमबाप्पेसंग अब क्लबमा बस्ने बाहेक अन्य कुनै बिकल्प नरहेको बताएका थिए ।

Click to comment

Trending