Headline

जर्जिन्हो युएफा बर्ष फुटबलर उपाधि जित्ने पहिलो चेल्सी खेलाडी

Published

on

चेल्सी तथा इटालियन मिडफिल्डर जर्जिन्हो युएफा बर्ष खेलाडी घोषित भएका छन् । यस क्रममा जर्जिन्होले आफ्नै क्लबका एनगोलो कान्टे र म्यानचेस्टर सिटीका केभिन डि ब्रुनलाई पछी पारे ।

पुरस्कारको स्थापना भएयता जर्जिन्हो यो सम्मान पाउने पहिलो चेल्सी खेलाडी पनि बनेका हुन् । उनी एकै सिजन युरो कप, च्याम्पियन्स लिग, युरोपियन सुपर कप, युएफा बर्ष खेलाडी जित्ने इतिहासकै एक मात्र खेलाडी पनि बनेका छन् ।

च्याम्पियन्स लिगको फाइनलमा डि ब्रुनको सिटीलाई पराजित गर्दा कान्टे र जर्जिन्होले चेल्सीका लागि शुरुवात गरेका थिए । त्यसपछि इटालीले युरो कपको उपाधि जित्दा पनि उनको प्रदर्शन उल्लेखनीय रहेको थियो ।

बिजेता घोषणा गर्नका लागि युरो कपमा सहभागी २४ राष्ट्रिय टोलीका प्रशिक्षक, गत सिजन च्याम्पियन्स लिग र युरोपा लिग खेलेका ८० क्लबका प्रशिक्षक र युएफाको ५५ सदस्य राष्ट्रका पत्रकारहरुले मतदान गरेका थिए ।

जर्जिन्होले १ सय ७५ अंक प्राप्त गरे। डि ब्रुनले १ ६७ अंक पाए भने कान्टे तेश्रोमा रहेका थिए ।

बार्सिलोनाकी एलेक्सिया पुटेलासले महिला बर्ष फुटबलरको पुरस्कार जितिन् । बार्साको महिला टोलीलाई चेल्सीलाई ४(० ले पराजित गर्दा उनले पनि गोल गरेकी थिइन् ।

Click to comment

Trending