अन्तर्राष्ट्रिय

कप्तान रुटको शतकमा इंग्ल्यान्डको विशाल अग्रता 

Published

on

कप्तान जो रुटले शतक प्रहार गरे पछि घरेलु टोली इंग्ल्यान्डले भारत विरुद्धको तेश्रो टेस्टको दोश्रो दिन रनको विशाल अग्रता लिन सफल भएको छ ।

भारतलाई उसको पहिलो पारीमा मात्र ७८ रनमा समेटेको इंग्ल्यान्डले दोश्रो दिनको खेलको समाप्तिमा आठ विकेटको नोक्सानीमा ४२३ रन बनाएको छ भने ३४५ रनको विशाल अग्रता पनि लिन सफल भएको छ ।  इंग्ल्यान्डले पहिलो दिनको खेलमा ४२ ओभर खेल्दै १२० रन बनाएको थियो भने ४२ रनको अग्रता पनि लिन सफल भएको थियो । 

इंग्ल्यान्डको तर्फबाट कप्तान जो रुटले सर्वाधिक १२१ रन बनाए । जस्प्रित बुम्राको बलमा बोल्ड हुनु अघि उनले १६५ बलको सामना गर्दै १४ चौका प्रहार गरे । रुटको टेस्टमा यो २३ औं शतक हो भने यस वर्षको छैठौं शतक हो । आजको शतक पछि रुट इंग्ल्यान्डको तर्फबाट सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको सूचीको दोश्रो स्थानमा पुर्व कप्तान केविन पिटरसनसँग बराबरी गरेका छन् । पिटरसनको पनि २३ शतक छ भने ३३ शतकका साथ इंग्ल्यान्डको लागि टेस्टमा सर्वाधिक शतकको किर्तिमान पुर्व कप्तान एलेस्टर कुकको नाममा रहेको छ । 

रुट बाहेक इंग्ल्यान्डको लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका डाविड मलानले १२८ बलमा ७० तथा ओपनद्वय हसिब हमिद र रोरी बर्न्सले क्रमश १९५ बलमा ६८ तथा १५३ बलमा ६१ रनको योगदान दिए ।  

भारतका मोहम्मद शामीले सर्वाधिक तीन विकेट लिए भने मोहम्मद सिराज र रविन्द्र जडेजाले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।     

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको भारतले मात्र ४० दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर ७८ बनाएको हो ।

भारतको तर्फबाट ओपनर रोहित शर्माले सर्वाधिक १९ तथा अजिंक्य रहानेले १८ रन बनाए भने बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

ओपनर केएल राहुललाई शून्यमा गुमाएर निकै खराब सुरुवात गरेको भारतका चेतेश्वर पुजारा एक, कप्तान विराट कोहली सात, विकेट किपर ब्याट्सम्यान रिशब पन्त दुई तथा रविन्द्र जडेजा चार रनमा आउट भए । मोहम्मद शामी र जस्प्रित बुम्रा गोल्डेन डकआउट भए भने मोहम्मद सिराजले तीन रन जोड्दा इशान्त शर्मा आठ रनमा अविजित रहे ।

भारतलाई सस्तोमा रोक्ने क्रममा जेम्स एन्डरसन र क्रेग ओभरटनले समान ३-३ तथा ओली राबीनसन र साम कर्रणले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए । जेम्स एन्डरसनले घातक बलिङ गर्दै आठ ओभरमा पाँच मेडन ओभर सहित मात्र छ रन खर्चिएर सुरुवाती तीन विकेट लिएका हुन् भने ओभरटनले १० दशमलब चार ओभरमा १४ रन मात्र दिए ।

पाँच खेलको शृंखलामा भारत १-० ले अघि रहेको छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोश्रो टेस्टमा भारतले इंग्ल्यान्डलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।        

 

@wesportzHave you seen Aarif Sheikh bowling ?##cricketnepal ##wesportz ##cricketingnepal ##trending ##tiktoknepal?? ##nepalcricket ##nepalicricket♬ original sound – Sostika Thapa

  

Click to comment

Trending