Headline

नेपालले साफका लागि कतारमा तैयारी गर्ने

Published

on

साफ च्याम्पियनसिपको तैयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले कतारमा बन्द प्रशिक्षण गर्ने भएको छ ।

नेपाली टोली सेप्टेम्बर १० मा कतारका लागि उड्ने अखिल नेपाल फुटबल संघले जनाएको छ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि माल्दिभ्समा शुरु हुन गइरहेको छ ।

हाल प्रशिक्षणमा रहेको २५ सदस्यीय टोली कतार जानेछ । १७ दिने प्रशिक्षणपछि नेपाली टोली सेप्टेम्बर २७ मा कतारबाट माल्दिभ्सका लागि उड्नेछ ।

तैयारीकै लागि नेपाली टोलीले हाल पोखरमा प्रशिक्षण गरिरहेको छ । नेपालले सेप्टेम्बर २ र ५ मा भारतीय राष्ट्रिय टोलीसंग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पनि खेल्न गइरहेको छ ।

Click to comment

Trending