राष्ट्रिय

सन्दिप होबार्टमा नै रहने 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने आगामी संस्करणको बिग ब्यास लिगका लागि होबार्ट हरिकेन्सबाट नै खेल्ने भएका छन् । होबार्टले आज सन्दिपलाई आबद्ध गरेको जनाएको हो । सन्दिप यस सिजन होबार्टको लागि अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन् ।  

अघिल्लो सिजन कोरोनाका कारण क्वारेन्टिनका कारण सुरुवाती छ खेल गुमाएका सन्दिपले पछिल्लो आठ खेल खेल्दै आठ विकेट हात पारेका थिए भने उनको सबैभन्दा राम्रो प्रदर्शन २४ रन खर्चिएर दुई विकेट रहेको थियो । 

विश्वका सबै लिग खेलेका सन्दिपले सन् २०१८ मा पहिलो पटक बिग ब्यास लिग खेलेका थिए । दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका उनले अघिल्लो सिजन होबार्टबाट खेलेका थिए । 

‘म फेरी अष्ट्रेलिया फर्किएर हरिकेन्सबाट बिग ब्यास खेल्न निकै आतुर छु,’ पुन आबद्ध भए पछि सन्दिपले भने । ‘अघिल्लो सिजन होबार्टमा मेरो समय निकै राम्रो र उत्कृष्ट बित्यो । अघिल्लो सिजन मैले पुरै समय बिताउन नसके पनि यस सिजन पुरै समय टोलीसँग नै रहने आशा छ ।’ 

‘हाम्रो टोलीमा उत्कृष्ट खेलाडीहरु छन् । आशा छ हामीले यस सिजन राम्रो प्रदर्शन गर्नेछौँ भने म आफैले पनि टोलीको लागि बलियो प्रदर्शन गर्न सक्ने छु ।’ 

@wesportzNepal is my first priority, not foreign leagues : Sandeep Lamichhane ##nepalicricket ##sandeeplamichhane ##cricketnepal

♬ original sound – wesportz.com

Click to comment

Trending