Headline

तालिवान आए पछि अफगान महिला फुटबलरहरुले देश छोडे

Published

on

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले देश छोडेका छन् ।

बिश्वव्यापी फुटबल खेलाडीहरुको संगठन फिफप्रोले अफगानी महिला राष्ट्रिय टोली, टिम पदाधिकारी र परिवारका सदस्यहरुलाई सुरक्षित अफगानिस्तानबाट बाहिर निकाल्न सफल भएकोमा अष्ट्रेलियन सरकारलाई धन्वाद दिएको छ ।

“खेलाडी र अधिकारवादी दुवै रहेका यी युवा महिलाहरुको अवस्था खतरामा रहेको थियो । उनीहरुलाई बाहिर निकाल्न सफल भएकोमा हामी सबैको तर्फबाट अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिन चाहन्छौं,” फिफप्रोले भनेको छ ।

महिला खेलकुदलाई तालिवानबिरुद्धको राजनैतिक अवज्ञाको रुपमा हेर्ने गरिएको अफगानिस्तानमा महिला फुटबल टोली सन् २००७ मा स्थापना भएको थियो । अमेरिकाको समर्थनमा बनेको अफगान सरकार ढलेपछि खतरा हुन सक्ने भन्दै खेलाडीहरुलाई सामाजिक सञ्जालमा रहेका पोस्ट र फोटोहरु डिलिट गर्न सुझाव दिइएको थियो ।

पछिल्लो केही दिनहरु निकै कष्टप्रद रहेको थियो र आज हामीले यसबिरुद्ध महत्वपूर्ण जित हात पारेका छौं, पुर्व महिला टोलीकी कप्तान खालिदा पोपलले भनिन् ।

Click to comment

Trending