Headline

लिभरपुलले सलाहलाई बिश्वकप छनौट खेल्न दिएन

Published

on

लिभरपुलले आफ्ना स्टार इजिप्सियन स्ट्राइकर मोहम्मद सलाहलाई बिश्वकप अफ्रिकी छनोट अन्तर्गत एंगोला र ग्याबोनबिरुद्ध खेल खेल्न जानबाट रोकेको छ ।

इंगल्याण्डले राखेको क्वारेन्टिन नियमलाई मध्येनजर गर्दै सलाहलाई अफ्रिका जानबाट रोकेको हो । फ्रान्सभिलमा हुने अफ्रिकी छनौटका खेलहरुका लागि राष्ट्रिय टोलीमा संलग्न हुन दिन नसकेको भन्दै लिभरपुलले खेद प्रकट गर्दै पत्र पठाएको छ, इजिप्ट फुटबल एशोसिएसनले एक बिज्ञप्तिमा उल्लेख गरेको छ ।

लिभरपुलले ब्राजिलका तीन बिश्वकप छनौटका खेलहरुका लागि फाबिन्हो, रोबर्टो फर्मिनो र एलिसन बेकरलाई पनि रिलिज नगरेको ब्रिटिस मिडियाहरुले उल्लेख गरेका छन् । इजिप्ट र ब्राजिल बेलायती सरकारको रेड लिस्टमा रहेको छ ।

ती देशहरुबाट फर्किसकेपछि १० दिन क्वारेन्टिन बस्नै पर्ने नियम रहेकोकारण लिभरपुलले यो निर्णय लिएको इजिप्ट फुटबल संघले बताएको छ ।

इएफएले अन्तर्राष्ट्रिय खेलाडीहरुका लागि १० दिने क्वारेन्टिनको नियम हटाउनका लागि आग्रह गरेको थियो । टोकियो ओलम्पिक्समा पनि लिभरपुलले सलाहलाई इजिप्टका लागि खेल्न पठाएको थिएन । क्वार्टरफाइनल सम्म प्रवेश गरेको इजिप्ट स्वर्ण पदक बिजेता ब्राजिलसंग पराजित हुंदै बाहिरिएको थियो ।

गत सिजन प्रमुख खेलाडीहरुको चोटका कारण इंगलिस प्रिमियर लिगको उपाधिबाट निकै अगाडी नै बाहिरिएको लिभरपुलले यो सिजन भने राम्रो शुरुवात गर्दै पहिलो दुई खेलमा जित हात पारिसकेको छ ।

२९ बर्षिय सलाह प्रिमियर लिग इतिहासमा लगातार पांच सिजनको शुरुवाती सप्ताहमा गोल गर्ने एक मात्र खेलाडी बनेका छन् ।

Click to comment

Trending