Headline

लिग वानमा खेलाडीमाथि आक्रमण, खेल स्थगित

Published

on

फ्रेञ्च लिग वानमा खेलाडीहरुमाथि नै आक्रमण भएपछि मार्से र निसबीचको खेल स्थगित भएको छ ।

मार्सेका दिमित्री पायेटले आफुलाई हानिएको पानीको बोटल दर्शकतिर नै फर्काइदिएपछि घरेलु टोलीका समर्थक मैदानमै उत्रिएर भिड्दा खेलाडी र दर्शकहरुबीच नै घम्सा घम्सी भएको थियो ।

मार्सेका पदाधिकारीहरुले आफ्नो खेलाडीमाथि आक्रमण भएको र उनीहरुको सुरक्षाको ग्यारेन्टी नभएको बताएपछि खेलाडीहरु मैदानमा उत्रन अस्विकार गरेका थिए ।

अलायन्ज रिभिएरा रंगशालामा ७५ औं मिनेटपछि खेल रोक्किएको थियो । कर्नर प्रहार गर्न जादा पटक पटक दर्शकको निशानामा पर्दै आएका मार्सेका स्टार खेलाडी पाएटले निस समर्थकहरुलाई उनीहरुले प्रहार गरेको बोटल फर्काइदिएका थिए ।

क्रुद्ध घरेलु समर्थकहरुले त्यसपछि पाएटलाई धम्की दिदै मैदान भित्रै आइलागेपछि रेफ्रिले दुवै टिमका खेलाडीहरुलाई ड्रेसिंग रुमतर्फ लिएर गएका थिए ।

मार्सेका अल्भारो गोन्जालेज र माटियो ग्वेनडुजी मैदानको तल्लो भागमा दौडदै समर्थकहरुसंग भिड्न गएका थिए । निसका कप्तान दातेले दर्शकहरुलाई शान्त गर्ने प्रयास गरेका थिए ।

स्टेवार्डहरुको सुरक्षा दस्ताले मैदानमा दर्शकहरुको प्रवेश रोक्न खोज्दै गर्दा दुई टिमका खेलाडी, दर्शक र पदाधिकारीहरु भिड्न पुग्दा निकै घिनलाग्दो दृश्यको सृजना भएको थियो ।

क्यास्पर डोलबर्गको गोलबाट अग्रता लिएको निसले खेला सुचारु गर्न आग्रह गरेपछि मार्सेले रोक्किनु नै ठिक भएको भन्दै मैदानमा उत्रन अस्विकार गरेको थियो ।

Click to comment

Trending