राष्ट्रिय

ओमानमा उत्कृष्ट प्रदर्शन गर्दै पारस दाइलाई समर्पित गर्न चाहन्छौँ : सन्दिप लामिछाने (भिडियो अन्तरवार्ता)

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले नेपालले गर्ने ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्कालाई समर्पित गर्ने जनाएका छन् । ओमान भ्रमणमा जानु अघिको अन्तिम अभ्यासका क्रममा पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा उनले यस्तो धारण राखेका हुन् ।

नेपाली क्रिकेट सबैभन्दा सफल खेलाडी तथा कप्तान पारसले केही समय अघि मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए । सन्दिपले पारसको कप्तानीमा सन् २०१६ मा निमिबिया विरुद्धको खेलबाट नेपालको लागि डेब्यु गरेका थिए ।

‘पारस दाइले नेपाली क्रिकेटको लागि धेरै नै योगदान दिनु भएको छ । यो दुखको कुरा हो कि वहाँले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनु भएको छ,’ सन्दिपले भने । ‘ओमान भ्रमणमा हामीले छ वटा एकदिवसीय खेल खेल्दै छौं । उक्त भ्रमणमा उत्कृष्ट प्रदर्शन गर्दै पारस दाइलाई समर्पण गर्न चाहन्छौँ ।’

नेपालले ओमान भ्रमणका क्रममा पपुवा न्युगिनी विरुद्ध दुई एकदिवसीय खेलको शृंखला खेल्नुको साथै विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक शृंखला पनि खेल्ने छ । 

हेर्नुहोस् सन्दिपको पुरा भिडियो अन्तरवार्ता

Click to comment

Trending