Headline

१७ बर्षिय युवा तिब्र गतिका बलर गुल्शन झा पहिलो पटक राष्ट्रिय टोलीमा

Published

on

मेयर कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सनसनी मच्चाएका युवा तिब्र गतिका बलर गुल्शन झा नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाउन सफल भएका छन् ।

क्यानले शनिबार घोषणा गरेको टोलीमा दायां हाते बलर गुल्शनले राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । क्यानले शनिबार १७ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा अर्का युवा खेलाडी रोहित कुमार पौडेल र पवन शर्राफले पनि पुनरागमन जनाएका छन् ।

नेपालले आईसिसि क्रिकेट बिश्वकप लिग टु अन्तर्गत आफ्नो दोश्रो श्रृंखलामा ओमान र अमेरिकाको सामना गर्न गइरहेको छ । श्रृंखला अघि नेपालले पपुवा न्यु गिनीबिरुद्धको खेलमा दुई म्याचको एकदिवसीय श्रृंखला पनि खेल्नेछ ।

त्रिवि मैदानमा भएको मेयर कप फाइनलमा नेपाल पुलिस क्लबका लागि खेलेका गुल्शनले नेपाल एपिएफ क्लबबिरुद्ध चार विकेट लिदै सनसनी मच्चाएका थिए । यस्तै रोहित र पवनले पनि लामो समयपछि पुनरागमन गर्न गइरहेका हुन् ।

टोलीका अन्य सदस्यहरुमा दिपेन्द्र सिंह ऐरि, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, बिनोद भण्डारी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दिप लामिछाने, अविनाश बोहोरा, शरद भेषावकर, बिक्रम सोब र सुशन भारी श्रेष्ठ रहेका छन् ।

Click to comment

Trending