अन्तर्राष्ट्रिय

 कप्तान फिन्च सहित वार्नर, स्मिथ, म्याक्सवेल अष्ट्रेलियाको विश्वकप टोलीमा 

Published

on

वेस्ट इन्डिज र बंगलादेश भ्रमण गुमाएका अनुभवी खेलाडी सहित अष्ट्रेलियाले अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएईमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपको टोली सार्वजनिक गरेको छ ।   

हाल घुँडाको शल्यक्रिया गरेर विश्राममा रहेका आरोन फिन्चले अष्ट्रेलियाको कप्तानी सम्हाल्ने छन् भने अनुभवी ब्याट्सम्यानहरु डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, अलराउण्डर मार्कस स्टोइनिस तथा तीब्र गतिका बलरहरु प्याट कमिन्स र केन रिचर्डसनले टोलीमा स्थान बनाएका छन् ।

अष्ट्रेलियाको टोलीमा जश इंग्लिसले पहिलो पटक अष्ट्रेलियाको टोलीमा स्थान बनाएका छन् । घरेलु ट्वान्टी ट्वान्टी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कारण अन्तर्राष्ट्रिय अनुभव नभए पनि २६ वर्षीय इंग्लिसलाई अष्ट्रेलियाले आफ्नो विश्वकप टोलीमा समावेश गरेको हो ।  

अष्ट्रेलियाले विश्वकपको आफ्नो पहिलो खेलमा अक्टोबर २३ तारिकमा दक्षिण अफ्रिकाको सामना गर्नेछ भने सेप्टेम्बर अन्त्य अथवा अक्टोबरको सुरुवातमा अष्ट्रेलियाबाट युएई जानेछ । 

अष्ट्रेलियाको विश्वकप टोली : आरोन फिन्च (कप्तान), डेविड वार्नर, स्टिभ स्मिथ,ग्लेन म्याक्सवेल, मिचेल मार्श, म्याथ्यु वेड, एश्टन अगर, प्याट कमिन्स, जश हेजलवुड, जश इंग्लिस, केन रिचर्ड्सन, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्विपसन, एडम जाम्पा

वैकल्पिक खेलाडी : ड्यान क्रिष्टियन, नाथन एलिस र ड्यानियल साम्स

अष्ट्रेलिया खेल तालिका
अक्टोबर २३ : अष्ट्रेलिया विरुद्ध दक्षिण अफ्रिका
अक्टोबर २८ : अष्ट्रेलिया विरुद्ध समूह ए को विजेता
अक्टोबर ३० : अष्ट्रेलिया विरुद्ध इंग्ल्यान्ड
नोभेम्बर ४    : अष्ट्रेलिया विरुद्ध समूह बी को उप विजेता
नोभेम्बर ६    : अष्ट्रेलिया विरुद्ध वेस्टइन्डिज

Click to comment

Trending