Headline

लेवान्डोस्कीको दुई गोलमा बायर्न सुपर कप च्याम्पियन

Published

on

पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि रक्षा गरेको छ । मंगलवार भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गर्यो ।

सिग्नल इडुना पार्कमा लेवान्डोस्कीले हाफ टाइम अघि गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसपछि दोश्रो हाफको शुरुवातमै थोमस मुलरले गोल गर्दै बायर्न अग्रता दोब्बर पारेका थिए । ६४ औं मिनेटमा मार्को रुसले गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काएका थिए ।

तर लेवान्डोस्कीले १० मिनेटपछि नै अर्को गोल गर्दै बायर्नलाई सिजनमा उत्कृष्ट शुरुवात दिलाउन सफल भए ।

२०१४ मा बायर्न आउनु अघि लेवान्डोस्कीले चार बर्ष डर्टमण्डमै बिताएका थिए ।

जर्मन सुपर कप जर्मनीको प्रथम श्रेणीको फुटबल बुन्डेसलिगा बिजेता र डिएफबी पोकल कप च्याम्पियनबीच सिजनको शुरुवात मा हुने गर्दछ ।

जर्मन फुटबलमा आफ्नो अधिपत्यलाई कायम राख्दै बायर्न लगातार १० औं पटक बुन्डेसलिगा जित्ने दाउमा रहेको छ ।

Click to comment

Trending