अन्तर्राष्ट्रिय

बंगलादेशलाई अष्ट्रेलिया विरुद्धको ऐतिहासिक शृंखला 

Published

on

बलरहरु हाबी हुँदा तेश्रो ट्वान्टी ट्वान्टी खेलमा अष्ट्रेलिया माथि १० रनको रोमान्चक जित निकाल्दै घरेलु टोली बंगलादेशले ऐतिहासिक शृंखला हात पारेको छ । लगातार तेश्रो खेलमा जित हात पारेको बंगलादेशले पाँच खेलको शृंखलामा ३-० को अग्रता कायम गर्दै शृंखला माथि कब्जा जमाएको हो ।

यो बंगलादेशको अष्ट्रेलिया विरुद्ध पहिलो शृंखला माथिको जित हो । यस अघि खेलिएका कुनै पनि शृंखला बंगलादेशले जित्न सकेको थिएन ।

अष्ट्रेलियाले बंगलादेशलाई मात्र १२७ रनमा रोक्दै १२८ रनको लक्ष्य पछ्याए पनि पुरै २० ओभर खेल्दै चार विकेट गुमाएर मात्र ११७ रन बनायो र खेलमा १० रनको लज्जास्पद हारको सामना गर्न पुग्यो ।

बंगलादेशलाई शृंखला दिलाउने क्रममा मुस्ताफिजुर रहमानले किफायती बलिङ गर्दै चार ओभरमा नौ रन मात्र खर्चिएर । तर उनले विकेट भने हात पार्न सकेनन् । शोरिफुल इस्लामले सर्वाधिक दुई तथा नसुम अहमद र शकिब अल हसनले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

अष्ट्रेलियाको तर्फबाट मिचेल मार्शले सर्वाधिक ५१, बेन म्याकडर्मटले ३५ तथा एलेक्स केरीले अविजित २० रनको पारी खेले पनि आफ्नो टोलीको हार भने टार्न सकेनन् ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा नौ विकेट गुमाएर १२७ रन भन्दा जोड्न सकेन । बंगलादेशको तर्फबाट कप्तान महमदउल्लाहले सर्वाधिक ५२ रन बनाए भने शकिबले पनि १७ बलमा २६ रनको पारी खेले ।  

न्याथन एलिसले सर्वाधिक तीन तथा जश ह्याजलउडएडम जाम्पाले समान २-२ विकेट हात पारे । 


 

Click to comment

Trending